विदेशबाट आएको फोन उठाउँदा पनि बोनस पाइने

नेपाल टेलिकमको मोबाइलमा विदेशबाट आएको कल उठाउँदा पनि अब बोनस पाइने भएको छ । टेलिकमका अनुसार जीएसएम/सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्नेछन् ।

 

एडीएसएलको मूल्य घट्यो

नेपाल टेलिकमले जीएसएम/सीडीएमए तथा एडीएसएल/एफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर पनि अघि सारेका छ ।

भोलिदेखि लागू हुने यो अफर ९० दिनसम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत अब १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट कर सहित मासिक एक हजारमा उपलब्ध हुनेछ । पहिले मासिक १ हजार रुपैयाँमा २५६ केबीपीएस गतिको एडीएसएल उपलब्ध थियो ।

त्यसैगरी भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाइएको छ । पहिले २१ जीबी डाटाको लागि १९८० शुल्क लिइएकोमा अब १५ जीबी डाटा ३०० रूपैयाँमै उपलब्ध हुनेछ । त्यसैगरी २५ जीबी डाटाको पाँच सय र ४० जीबीको डाटाको मूल्य ७ सय मात्र तोकिएको छ । यी डाटाको गति १ एमबीपीएस सम्म हुनेछ ।

त्यस्तै दर्ता शुल्क पनि घटाइएको छ । पहिले दर्ता शुल्क कर वाहेक पाँच सय रहेकोमा भोल्युम बेस्ड डाटाको लागि कर वाहेक दुई सय र र अनलिमिटेड डाटाको लागि ३ सय मात्र दर्ता शुल्क तोकिएको छ ।

यस्तै अब पहिलेकै मूल्यमा पहिले भन्दा डबल भोल्युमको एफटीटीएच सेवा प्राप्त गर्न सकिने छ ।

यसअनुसार १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २४० जीबी, ६ महिनाका लागि ५०० जीबी र १२ महिनाका लागि १२०० जीबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने छ । त्यसैगरी १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२०० जीबी डाटा प्रयोग गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन स्वीकार्य छैन : ओली

 माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा