काठमाडौंबासीलाई दोहोरो करको मार

 
 
१५ साउन, काठमाडौं । नयाँ जनप्रतिनिधि आउनासाथ स्थानीय तह र केन्द्र सरकारबीच करका विषयमा हानथाप र विवाद सुरु भएको छ । दुई पक्षको विवाद बेलैमा नसल्टिँदा यसले आमनागरिक दोहोरो कर तिर्न बाध्य भएका छन् ।काठमाडौं महानगरपालिकालेे नगरपरिषदबाट स्थानीय तहको एकल कर अधिकार अनुसार कर उठाउने निर्णय गरेको छ । केन्द्र सरकारले पनि कर स्रोत गुमाउन चाहेको छैन । यसले गर्दा काठमाडौंमा स्थानीयलाई करको दोहोरो भार परेको छ ।१२ प्रतिशत घरबहाल कर तिर्दै आएका काठमाडौंमा स्थानीयले अब २२ प्रतिशतसम्म कर तिर्न पर्छ ।

अधिकारको लडाइँ

यसअघि महानगरले नगरका घरधनीसँग २ प्रतिशत घरबहाल कर उठाउँथ्यो भने १० प्रतिशत कर आन्तरिक राजश्व विभाग अन्तरगतका कार्यालयमा बुझाउनु पर्थ्यो ।नयाँ संविधानले दिएको अधिकार भन्दै काठमाडौं महानगरपालिकाले आर्थिक ऐन-२०७४ मा घरबहाल कर १२ प्रतिशत उठाउने घोषणा गर्दै वडा कार्यालयहरुलाई परिपत्र गर्‍यो र साउन १ गतेदेखि सोही कर उठाउन थालिएको छ ।तर, केन्द्र सरकारले पनि आफ्नो १० प्रतिशत घरबहाल कर उठाउन छाडेको छैन । घर बहाल पनि आय करको सूचीमा रहेको भन्दै आन्तरिक राजश्व विभागले घर बहाल कर आफैंले उठाउन पाउनुपर्ने तर्क गरेको छ ।आन्त्रिक राजश्व विभागका प्रवक्ता धनीराम पौडेल महानगरपालिकाले के निर्णय गर्‍यो भनेर हेर्ने निकाय आफूहरु नभएको तर्क गरे । ‘हामीले सबै आयमा करहरु लगाउँछौं । बहाल आयमा १० प्रतिशत कर लाग्ने ब्यवस्था आय कर ऐनमै छ ‘ प्रवक्ता पौडेलले भने, ‘कानुन बमोजिम कर उठाउन हामीलाई अधिकार छ । हामी उठाइरहन्छौं ।’

तर, काठमाडौं महानगरले भने आफूले संविधानअनुसार नै १२ प्रतिशत घर बहाल कर उठाइएको बताइरहेको छ ।महानगरका सूचना अधिकारी बसन्त आचार्यले संविधानले घर बहाल करलाई स्थानीय तहको एकल कर अधिकारको सूचीमा राखेकोले १२ प्रतिशत आफैंले उठाउन सुरु गरेको बताए । ‘अब केन्द्र सरकारले १० प्रतिशत कर उठाउन बन्द गर्नुपर्छ । संविधान कार्यान्वयनमा आएको एक वर्ष बितिसक्यो, ०७३ असोजबाट संविधानसँग बाझिने ब्यवस्था स्वतः खारेज भइसक्यो’ आचार्यले भने, ‘आन्तरिक राजश्व विभागले भने ऐन र नियमावली देखाएर कर उठाइराख्न खोजेको छ । तर , अब संविधानसँग बाजिने कानुनहरु स्वतः खारेज भएको कुरा उसले बिर्सनु हुँदैन ।’उनले महानगरपालिका १२ प्रतिशत घरबहाल कर उठाउने आफ्नो निर्णयबाट पछाडि नहट्ने स्पष्ट गरे । सरकारले स्थानीय तहलाई दिएको स्वयत्ततामाथि प्रहार गर्ने गरी अधिकार क्षेत्र मिच्दै कर उठाउन नपाउने तर्क उनले गरे ।

विवाद छिटो सुल्झाऔंः मन्त्रालय

स्थानीय विकास मन्त्रालय भने यो विवाद आय कर ऐनमा छिटो संशोधन गरेर टुंग्याउनुपर्ने पक्षमा देखिएको छ ।कानुन देखाएर नागरिकलाई दोहोरो कर लगाउन नहुने मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ बताउँछन् ।संविधानले दिएका अधिकार स्थानीय तहले उपयोग गर्न पाउने भन्दै मन्त्रालयले आय कर ऐनमा आय करको सूचीमा राखिएको ‘घर बहाल’ लाई हटाएर विवाद समाधन गर्न आग्रह गरेको छ । यसका लागि अर्थ मन्त्रालयले पहल लिनुपर्ने उनको भनाइ छ ।तामाङले स्थानीय तहको अधिकारलाई संरक्षित गर्दै विवाद नआउने गरी यो विवाद सुल्झाउनुपर्ने बताए । ‘स्थानीय तहले पनि कर आधारहरुमा वैज्ञानिक रुपमा अध्ययन गरेर राजश्व परामर्श समितिमार्फत करका दरहरु निर्धारण गर्नुपर्छ’ तामाङले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र