काठमाडौंबासीलाई दोहोरो करको मार

 
 
१५ साउन, काठमाडौं । नयाँ जनप्रतिनिधि आउनासाथ स्थानीय तह र केन्द्र सरकारबीच करका विषयमा हानथाप र विवाद सुरु भएको छ । दुई पक्षको विवाद बेलैमा नसल्टिँदा यसले आमनागरिक दोहोरो कर तिर्न बाध्य भएका छन् ।काठमाडौं महानगरपालिकालेे नगरपरिषदबाट स्थानीय तहको एकल कर अधिकार अनुसार कर उठाउने निर्णय गरेको छ । केन्द्र सरकारले पनि कर स्रोत गुमाउन चाहेको छैन । यसले गर्दा काठमाडौंमा स्थानीयलाई करको दोहोरो भार परेको छ ।१२ प्रतिशत घरबहाल कर तिर्दै आएका काठमाडौंमा स्थानीयले अब २२ प्रतिशतसम्म कर तिर्न पर्छ ।

अधिकारको लडाइँ

यसअघि महानगरले नगरका घरधनीसँग २ प्रतिशत घरबहाल कर उठाउँथ्यो भने १० प्रतिशत कर आन्तरिक राजश्व विभाग अन्तरगतका कार्यालयमा बुझाउनु पर्थ्यो ।नयाँ संविधानले दिएको अधिकार भन्दै काठमाडौं महानगरपालिकाले आर्थिक ऐन-२०७४ मा घरबहाल कर १२ प्रतिशत उठाउने घोषणा गर्दै वडा कार्यालयहरुलाई परिपत्र गर्‍यो र साउन १ गतेदेखि सोही कर उठाउन थालिएको छ ।तर, केन्द्र सरकारले पनि आफ्नो १० प्रतिशत घरबहाल कर उठाउन छाडेको छैन । घर बहाल पनि आय करको सूचीमा रहेको भन्दै आन्तरिक राजश्व विभागले घर बहाल कर आफैंले उठाउन पाउनुपर्ने तर्क गरेको छ ।आन्त्रिक राजश्व विभागका प्रवक्ता धनीराम पौडेल महानगरपालिकाले के निर्णय गर्‍यो भनेर हेर्ने निकाय आफूहरु नभएको तर्क गरे । ‘हामीले सबै आयमा करहरु लगाउँछौं । बहाल आयमा १० प्रतिशत कर लाग्ने ब्यवस्था आय कर ऐनमै छ ‘ प्रवक्ता पौडेलले भने, ‘कानुन बमोजिम कर उठाउन हामीलाई अधिकार छ । हामी उठाइरहन्छौं ।’

तर, काठमाडौं महानगरले भने आफूले संविधानअनुसार नै १२ प्रतिशत घर बहाल कर उठाइएको बताइरहेको छ ।महानगरका सूचना अधिकारी बसन्त आचार्यले संविधानले घर बहाल करलाई स्थानीय तहको एकल कर अधिकारको सूचीमा राखेकोले १२ प्रतिशत आफैंले उठाउन सुरु गरेको बताए । ‘अब केन्द्र सरकारले १० प्रतिशत कर उठाउन बन्द गर्नुपर्छ । संविधान कार्यान्वयनमा आएको एक वर्ष बितिसक्यो, ०७३ असोजबाट संविधानसँग बाझिने ब्यवस्था स्वतः खारेज भइसक्यो’ आचार्यले भने, ‘आन्तरिक राजश्व विभागले भने ऐन र नियमावली देखाएर कर उठाइराख्न खोजेको छ । तर , अब संविधानसँग बाजिने कानुनहरु स्वतः खारेज भएको कुरा उसले बिर्सनु हुँदैन ।’उनले महानगरपालिका १२ प्रतिशत घरबहाल कर उठाउने आफ्नो निर्णयबाट पछाडि नहट्ने स्पष्ट गरे । सरकारले स्थानीय तहलाई दिएको स्वयत्ततामाथि प्रहार गर्ने गरी अधिकार क्षेत्र मिच्दै कर उठाउन नपाउने तर्क उनले गरे ।

विवाद छिटो सुल्झाऔंः मन्त्रालय

स्थानीय विकास मन्त्रालय भने यो विवाद आय कर ऐनमा छिटो संशोधन गरेर टुंग्याउनुपर्ने पक्षमा देखिएको छ ।कानुन देखाएर नागरिकलाई दोहोरो कर लगाउन नहुने मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ बताउँछन् ।संविधानले दिएका अधिकार स्थानीय तहले उपयोग गर्न पाउने भन्दै मन्त्रालयले आय कर ऐनमा आय करको सूचीमा राखिएको ‘घर बहाल’ लाई हटाएर विवाद समाधन गर्न आग्रह गरेको छ । यसका लागि अर्थ मन्त्रालयले पहल लिनुपर्ने उनको भनाइ छ ।तामाङले स्थानीय तहको अधिकारलाई संरक्षित गर्दै विवाद नआउने गरी यो विवाद सुल्झाउनुपर्ने बताए । ‘स्थानीय तहले पनि कर आधारहरुमा वैज्ञानिक रुपमा अध्ययन गरेर राजश्व परामर्श समितिमार्फत करका दरहरु निर्धारण गर्नुपर्छ’ तामाङले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित