भन्सार छली गरेकाे ३० लाखको कपडासहित तीन पक्राउ

 

धरान/भन्सार छली गरेर भारतबाट ल्याएको करिव ३० लाख रुपैया बराबरको अवैद्य कपडासहित तीनजनालाई प्रहरीले बुधबार बिहानकाे राति पक्राउ गरेको छ ।

सुनसरीको नाकाबाट अवैद्य रुपमा भित्र्याउँदै गरेको साडी, कुर्ता, लेहेङ्गालगायतका कपडाहरु प्रहरीले बरामद गरेको हो । बरामद गरिएको सामग्रीसहित जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार बिहान सार्वजनिक गरेको छ । जिल्ला प्रहरी र कोशी अञ्चल प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रविण धितालले जानकारी दिए ।
उनका अनुसार जिल्लाका इनिस्पेक्टर निर्मल पनेरु र अञ्चलका इनिस्पेक्टर ऋषीराज ढकालको कमान्डमा खटिएको टोलीले बर्जुगाउपालिका १ का लक्ष्मी कामतको घरमा लुकाइछिपाइ राखेको अवस्थामा तीनजनासहित सामग्री बरामद् गरेको हो । पक्राउ पर्नेमा कामतसहित सोही ठाउँका अनिल गञ्चछार, र हरिनारयण राय रहेका छन् । उनीहरुले प्रयोग गरेको तीनवटा मोटरसाइकलसमेत बरामद गरेको छ । जसमा को ५ प ६५४०, बा ९ प ७२०४, र को ४ प ३२८४ नम्बरका मोटरसाइकल रहेको प्रवक्ता धितालले बताए ।
उनीहरुले लुकाइ राखेको अवस्थामा २२ वटा पोका पारेको अवस्थामा बरामद गरिएको थियो । उक्त सामग्रीहरु भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा