साउन ८, काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले भारतका कट्टर हिन्दूवादी शासक वर्ग र नेपालका कट्टर हिन्दूवादी तथा राजावादीको गठबन्धनमा गणतन्त्र र धर्म निरपेक्षता सिध्याउने खेल भइरहेको बताएका छन् । मसालको हालै सम्पन्न पाँचौ भेलामा महामन्त्री सिंहले प्रस्तुत गरेको प्रतिवेदनमा नेपाललाई हिन्दूराष्ट्र बनाउन र राजतन्त्रको पुनस्र्थापना गर्न योजनावद्ध ढंगले प्रयत्न भइरहेको बताएका हुन् । यही २०७४ श्रावण ४ र ५ गते सम्पन्न भेलाले स्थानीय निर्वाचनको मूल्याङ्कनसम्बन्धी प्रस्ताव तथा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र सङ्गठनात्मक सुदृढीकरणको प्रस्ताव समेत पारित गरेको छ । भेलाले पार्टीका विभिन्न सङ्गठनात्मक कार्यहरू र आगामी कार्यक्रमसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको महामन्त्री सिंहले जनाएका छन् । भेलाको सिलसिलामा केन्द्रीय समिति र पी.वी.का बैठकहरू श्रावण ७ गतेसम्म चलेका थिए ।
भेलामा महामन्त्री सिंहले केन्द्रीय समितिका तर्फबाट स्थानीय निर्वाचन मूल्याङ्कनसम्बन्धी र अक्टोबर क्रान्तिको शतवार्षिकी र सङ्गठनात्मक सुदृढीकरणसम्बन्धी प्रस्तावहरू प्रस्तुत गरेका थिए । दुवै प्रस्तावहरूमा दुई दिनसम्म प्रतिनिधि, पर्यवेक्षकहरूले जनवादी तरिकाले विस्तृत रूपले आफ्ना विचारहरू राखेका थिए । दुवै प्रस्तावहरूबारे महामन्त्रीले स्पष्टिकरण दिएपछि सर्वसम्मतिले पारित भएका थिए ।
सिंहले प्रस्तुत गरेको स्थानीय निर्वाचनको मूल्याङ्कनसम्बन्धी प्रस्तावमा देशको स्थिति अत्यन्त गम्भीर र सङ्कटको मुखमा उभिएको उल्लेख छ । ‘वर्तमान माओवादी केन्द्र र नेकाको गठबन्धन सरकार भारतीय विस्तारवादको ग्राण्डडिजाइन अनुसार नेपालमा (भारतीय विस्तारवादीको) उद्देश्य पूरा गर्न नै बनेको छ ।’
सिंहले आफ्नो प्रतिवेदनमा भनेका छन् । त्यस्तै तत्काल आफ्नो विस्तारवादी उद्देश्य पूरा गर्नका लागि मार्ग प्रसस्त गर्न भारतले संविधानमा संशोधनका लागि नै मुख्य जोड दिएको र भारतीय योजनामै सरकारले प्रारम्भदेखि नै संविधानमा संशोधन पारित गराउन योजनावद्ध प्रकारले काम गर्दै आएको जनाएका छन् । त्यसैगरी स्थानीय निर्वाचनको मिति बारम्बार सार्ने र ३ चरणमा गर्ने सरकारको काम भारतीय शासक वर्गको दवावमा भएको मसालको ठहर छ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का