काठमाडौं, ७ साउन । धितोपत्र बजारमा यस साता चार अर्ब ७३ करोड ८२ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको छ ।
कूल १६५ कम्पनीको ८७ लाख ५३ हजार ८८० कित्ता शेयर कारोबार भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।
यससाता कारोबार रकम गत साताको भन्दा १२ दशमलव ७२ प्रतिशत बढी हो । गत साता १६८ कम्पनीको चार अर्ब २० करोड ३४ लाख ५२ हजार बराबरका एक करोड १४ लाख ३८ हजार ३९० कित्ता शेयर खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५२ दशमलव १८ अंकले बढेर अन्तिम दिन एक हजार ६३५ दशमलव ७५ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव ०८ अंकले बढेर ३४७ दशमलव ४५ अंकमा आइपुगेको छ ।
यससाता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको २८ करोड ३४ लाख ४० हजार बराबरको शेयर कारोबार भएको स्टकले जनाएको छ ।
त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा लक्ष्मी भ्यालु फण्ड १ अग्रस्थानमा छ । सो फण्डको सात लाख १८ हजार कित्ता शेयर कारोबार भएको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो ।
यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।
यस्तै स्वदेशी लघुवित्त वित्तीय संस्था, ज्योति विकास बैंक, हाम्रो विकास बैंक, विकास ऋणपत्र २०८० र सिभिल बैंक लिमिटेडको नयाँ शेयर कारोबारका लागि स्टकमा सूचीकृत भएका थिए । रासस
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
काठमाडौँ, पुस १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)
२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी
२४ मंसिर, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योग सम्बन्धी नियमन केन्द्रमै राख्नुपर्ने
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार