५ साउन,धनुषा– जनकपुर अञ्चल अस्पताल र स्वास्थ्यकर्मीको लापर्बाहीका कारण आज एक बालकको मृत्यु भएको छ ।
धनुषाको मिथिला विहारी गाउँपालिका–१० ठेराका कैलाश मण्डलका १३ वर्षीय छोरा राजा मण्डलको अस्पतालको लापर्बाहीले मृत्यु भएको आफन्तको आरोप छ ।
बालकलाई एक्कासि ज्वरो आएपछि बुधबार बिहान ९ बजे उक्त अस्पतालमा उपचारका लागि लगिएकामा चिकित्सकले जाँच गरेपनि भर्नाका लागि श्यया खाली नभएको भन्दै फर्काएका थिए तर बालकलाई च्याप्दै ल्याएपछि बेलुका ६ बजे फेरि सोही अस्पतालको अकास्मिक कक्षमा भर्ना गरेर उपचार गरिएको थियो ।
राति ९ बजे बालकको अवस्था नाजुक भएपछि नर्स नैनतारा साह र कविता चौधरीलाई बालकका बुबा कैलाशले पटकपटक छोरालाई हेरदिनुस् भनेर गुहार गर्दा उल्टै हप्काएर फर्काएको त्यहाँका प्रत्यक्षदर्शी अर्का बिरामी कुरुवा जुमेदा खातुनले बताउनुभयो । उहाँका अनुसार नर्सहरु मोबाइल चलाएर बसेका थिए । त्यसबेला काममा रहेका डा वैद्यनाथ ठाकुर भने कोठामा आराम गरेको नर्सले बताएका थिए ।
राति १२ बजे बालकको अवस्था चिन्ताजनक भएपछि नर्स नैनतारा साह आफैँले सुई लगाइदिएपछि बालकको अवस्था झनै चिन्ताजनक भएको बाबु कैलाशको आरोप छ तर नर्स साहले भने सम्बद्ध चिकित्सकलाई सोधेर नै आफूले सुई लगाएको बताउनुभएको छ । आज बिहान ३ बजे राजाको मृत्यु भएपछि आक्रोशित कैलाशले नर्सलाई लट्ठी प्रहार गरेको भन्दै प्रहरीले उहाँलाई पक्राउ गरेर दुई घण्टापछि छोडेको थियो । अस्पताल प्रशासनले भने आफूहरुको लगातारको प्रयासका बाबजुद पनि बालकको मृत्यु भएको जनाएको छ । रासस
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का