४ साउन, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको वार्षिक कार्यक्रम अन्तर्गत एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको १४औं संस्करण आगामी भदौ २६ गते हुने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी मञ्चले अघिल्लो वर्षजस्तै यस वर्ष पनि आठ बिधामा अवार्ड प्रदान गरिने जानकारी गराएको छ । २०७३ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीहरुलाई अवार्ड प्रदान गरिनेछ ।
अघिल्ला वर्षहरुमा जस्तै वर्षको उत्कृष्ट पुरुष, महिला, युवा र प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, स्पेसल अवार्ड, उत्कृष्ट पारा एथ्लिट अवार्ड र लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने मञ्चका महासचिव प्रकाश तिमल्सिनाले जानकारी दिए ।
हंसराज हुलासचन्द एण्ड कम्पनीले मूख्य प्रायोजन गरेको अवार्डका तीन बिधाका बिजेताले बजाज पल्सर मोटरसाइकल पाउने गरेकोमा यस वर्षदेखि चार जना बिजेताले मोटरसाइकल पाउने पत्रकार सम्मेलनमा जानकारी गराइयो । बर्षको उत्कृष्ट पुरुष र महिला तथा पिपुल्स च्वाइस अवार्डका बिजेताले मोटरसाइकल पाउँदै आएका थिए । तर नयाँ कुन बिधाका बिजेतालाई मोटरसाइकल दिने भन्नेबारे टुंगो लागिनसकेको मञ्चका अध्यक्ष महेश आचार्यले बताए ।
चार बिधाका बिजेताले मोटरसाइकल र बाँकी ४ बिधाका बिजेताले जनही ५० हजार पुरस्कार पाउनेछन् । पिपुल्स च्वाइस अवार्ड जनताको मतका आधारमा प्रदान गरिनेछ । पाँच वर्षको सम्झौता अनुसार गोल्छा अर्गनाइजेसनले यस वर्षका लागि १८ लाख ९० हजारको मुख्य प्रयोजन गरेको कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले जानकारी दिए ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार