कमल थापालाई राप्रपाबाट हटाउनेदेखि पार्टी फुटाउनेसम्मको रणनीति

rpp-bibad_EgRARz3Pez

२८ असार , काठमाडौं– पार्टीका अध्यक्ष कमल थापाले एकल निर्णय गरेको भन्दै त्यस विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा शीर्ष नेताहरुले गोप्य रणनीति तयार पारेका छन् । उनीहरुले  गोप्य भेला गर्दै पार्टी अध्यक्ष कमल थापालाई संसदीय दलको नेताबाट हटाउनेसम्मको तयारीमा लागेका छन् । 

गत जेठ दोस्रो साताबाटै मोर्चाबन्दीमा उत्रेका सो पार्टीका १० जना सांसदहरुलाई पछिल्लो समय समर्थन बढ्दै गएको बताइएको छ । पछिल्लो समय सांसद संख्या १५ पुग्नुका साथै पार्टीका बरिष्ठ नेता पशुपति शमशेर राणा, दीपक बोहोरा लगायतका नेताहरुले साथ दिएका छन् । 

सो क्रममा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रबादीको समेत सहयोग रहेको बुझिएको छ । पार्टी अध्यक्ष थापाले संविधान संशोधनको पक्षमा राप्रपा रहेको धारणा सार्वजनिक गरेपछि सो पार्टीका सांसदहरु लगातार गोप्य भेला र छलफलमार्फत अध्यक्ष थापाविरुद्धको मोर्चाबन्दीमा लागेका हुन् । 

गत सोमबारयता दिनहुँजसो गोप्य भेला बोलाएर छलफलमा जुटेका उनिहरुले बुधबारसम्म    कुनै ठोस निर्णय भने गरिनसकेको बताएका छन् । यद्यपी दैनिकजसो स्थान फेर्दै छलफलमा जुटेका उनीहरुले बुधबार दुई स्थानमा गोप्य भेला गरेका छन् । बुधबार बिहान पहिलो चरणमा राप्रपाकै बरिष्ठ नेता पशुपति शम्सेर राणाको निवास विजयबासमा गोप्य भेला भएको थियो भने दोस्रो भेला ललितपुरमा एक नेताको घरमा राखेका थिए । 

राणा निवास विजयबासमा भएको भेलामा अध्यक्ष कमल थापालाई संसदीय दलबाट हटाएर दिपक बोहोरालाई बनाउने तथा सरकारमा जानुपरे दिपक बोहोरा र विक्रम पाण्डेलाई पठाउने लगायतका विषयमा छलफल भएको छ । त्यो योजना पुरा नभए चालिस–साठिठ्को संख्यामा सांसद संख्या पुराएर पार्टी नै फुटाउनुपरे पनि पछि नपर्ने विषयमा छलफल भएको श्रोतले बताएको छ । 

विजयबासपछि स्थान फेरेर लललितपुरको एक घरमा बुधबारै भएको अर्को भेलामा सहभागिमध्येका एक सांसदले अध्यक्ष कमल थापाको अवसरवादी चरित्र नसुध्रिएको, पार्टीको मुल सिद्धान्तबाट विचलित भएको तथा राष्ट्रघाती संविधान संशोधनमा हाम्फालेकाले आफुहरु मोर्चाबन्दीमा लागेको बताए । उनले कुनैपनि हालतमा आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने– ‘अब कमल थापा सच्चिने स्थिति पनि छैन, सच्चिएर पनि काम छैन, त्यसैले हामी आफ्नो रोडम्याप तयार गर्दैछौ, सायद एकदुई दिनमा रिजल्ट आउँछ होला ।’ श्रोतका अनुसार सो भेलामा पुर्वराजा ज्ञानेन्द्र शाहका विश्वासपात्रहरु समेत सहभागि बनेका छन् । भेलामा डा. प्रकाशचन्द्र लोहनीको पार्टी एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीका शीर्ष नेताहरु समेत सक्रिय सहभागि बनेका छन् ।  

श्रोतका अनुसार उनीहरुको गोप्य भेलामा तत्काललाई संविधान संशोधनबाट सरकार नै पछि हटेपनि फेरी उक्त प्रस्ताव आउन सक्ने भन्दै पुन संशोधनको प्रस्ताव ल्याए जसरी पनि असफल पार्ने विषयमा छलफल भएको छ । 

बुधबारको गोप्य भेलामा सहभागि अर्का एक सदस्यका अनुसार १० जनाबाट सुरु भएको कमल थापाविरुद्धको मोर्चाबन्दीमा अहिले १५ जना सांसद पुगिसकेका छन् । त्यस्तै नेता पशुपति संशेर राणा, दिपक बोहोरा, बुद्धिमान तामाङलगायतको पनि समर्थन रहेको छ । अध्यक्ष कमल थापाको निर्णयविरुद्ध गत जेठ १७ गतेबाटै राप्रपाका सांसद रामकुमार सुव्वाको नेतृत्वमा सुरु भएको मोर्चाबन्दीमा विराज विष्ट, रेशम लामा, रमेश तामाङ, सयन्द्र बान्तावा, सीता लुइँटेल, गीता सिंह, लक्ष्मी थापा पासवान, राज्यलक्ष्मी श्रेष्ठ, बबिता लावती मोक्तान लगायत छन् । यीमध्ये केही पूर्वराजा ज्ञानेन्द्रको निर्देशनमा चलेको आरोप राप्रपा संस्थापन पक्षको छ । 

असन्तुष्ट सांसद तथा नेताहरुको गोप्य भेलाबारे संथापन पक्षले भने सामान्य लिएको बताएको छ । कमल थापा निकट मानिने राप्रपाका प्रवक्ता सुशील श्रेष्ठले कुनै एक दुईजना असन्तुष्टहरुको भेला हुँदैमा पार्टीलाई कुनै घाटा नहुने बताए । उनले रातोपाटीसँगको टेलिफोनमा भने– एकदुई जनाले गोप्य भेला गर्दैमा संसदीय दलको नेता फेर्न सक्ने कुरा हुदैन । त्यो सम्भावना पनि छैन । ’

प्रवक्ता श्रेष्ठले यदि कसैले पार्टीको नीति सिद्धान्त र विधानविपरित गलत काम गरेको पाइएको अनुसासनको कारवाही गर्ने चेतावनी दिए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको