मंगलबार बसेको बैठकमा ट्राफिक महानगरीय प्रहरी परिसर ललितपुर, वडा नम्बर ५,१२, १५ र १९ का अध्यक्ष, यातायात व्यवसायी तथा स्थानीय प्रतिनिधिहरुको सहभागिता थियो । बैठकले साउन १५ देखि बसपार्कलाई बसस्टपको रुपमा मात्र प्रयोग गर्ने निर्णय गरेको छ ।ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुका अनुसार लगनखेल बसपार्कलाई बसस्टपमा परिणत गरेपछि त्यस क्षेत्रको ट्राफिक जामको समस्या कम हुनुको साथै यात्रुहरुलाई आवतजावगत गर्न सजिलो हुनेछ ।
‘अहिले लगनखेल बसपार्कमा दैनिक औसतरुपमा दैनिक ४९४ वटा सवारी पार्किङ हुने गरेका छन् । एउटा गाडीमा यात्रु भरिसकेपछि मात्र बसपार्कबाट छुट्ने गरेको कारण धेरै सवारी नअँटेर जाम हुने गरेको थियो,’ हाछेथुले भने, ‘अब बसस्टपमा परिणत भएपछि निश्चित समयको अन्तरालमा सवारीसाधन बसपार्कबाट छुट्नुपर्ने हुन्छ । पहिले एउटै रुटका २० वटासम्म सवारी राखिने गरेकोमा अब एउटा रुटको बढीमा दुईवटा मात्र सवारी हुनेछ । यसले जाम मात्र कम नभएर यात्रुहरुको समयको वचत पनि हुनेछ ।’
यसमा यातायात व्यवसायीहरुले हरप्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाएको उनको भनाई छ ।ट्राफिक प्रहरीका अनुसार धेरै सवारी थुप्रिँदा सडकसमेत जाम हुने गरेको र दुर्घटना पनि बढी हुने गरेको थियो । यो निर्णय लागु भएपछि ट्राफिकको धेरै समस्या हल हुने विश्वास प्रहरीको छ ।
पहिले लगनखेल बसपार्कमा सवारी जम्मा भई विभिन्न स्थानमा सवारी छुट्ने गरेकोमा अब गोदावारी, भैसेपाटीजस्ता क्षेत्रहरुलाई बसपार्क बनाएर त्यहाँबाट बस छुट्ने व्यवस्था गरिने योजना अघि सारिएको छ ।
बसस्टपमा परिणत गरेपछि त्यहाँ सुधारका अन्य योजनाहरु पनि लागु गरिने छ । जसमा यात्रुहरुको सहजताका लागि बसस्टपमा होडिङ बोर्ड राखेर जाने रुटहरुको संकेत राखिनेछ । त्यसमा भाडादर र सवारी छुट्ने समयको जानकारी राखिनेछ ।
त्यस्तै, बसपार्कमा गुनासो व्यवस्थापनका लागि हेल्प डेस्क पनि स्थापना गरिनेछ । अशक्तहरुका लागि विशेष व्यवस्था गरिने पनि प्रहरीले जानकारी दिएको छ ।
हाछेथुले भने, ‘लगनखेल ऐतिहासिक स्थान भएको कारण त्यसको सुधारका लागि केही योजनाहरु पनि अघि सारिएको छ । अब त्यसक्षेत्रमा फुटपाथ पसलहरु हटाइनेछ भने फोहोर व्यवस्थापनको योजना पनि लागु गरिनेछ ।’
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
काठमाडौँ, पुस १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)
२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी
२४ मंसिर, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योग सम्बन्धी नियमन केन्द्रमै राख्नुपर्ने
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार