दुई चरणमा सम्पन्न निर्वाचनमा एमाले बन्यो पहिलो शक्ति

असार २७ , काठमाडौं– दोस्रो चरणमा भएको स्थानीय तह निर्वाचनको सवै परिणाम सार्वजनिक भएसँगै मुलुकका ६७ जिल्लाका ६१६ स्थानीय तहले स्थानीय जनप्रतिनिधि पाएका छन् । 

असार १४ मा सम्पन्न निर्वाचनअन्र्तगत सुनसरीको धरान उपमहानगरको परिणाम सवैभन्दा ढिला असार २६ मा आएको हो । पहिलो चरण बैशाख ३१ र दोस्रो चरण असार १४ मा भएको स्थानीय निर्वाचनमा संसदको ठुलो दल नेपाली कांग्रेस दोस्रो स्थानमा सीमित भएको छ भने संसदको दोस्रो ठूलो दल स्थानीय तहमा धेरै तह जितेर पहिलो बनेको छ । त्यस्तै संसदमा तेस्रो ठुलो स्थानमा रहेको माओवादी केन्द्र स्थानीय तहमा पनि तेस्रो स्थानमै सिमित बनेको छ । 

एमालेले पहिलो चरणमा १२५ र दोस्रो चरणमा १५१ स्थानीय तह जित्दा जम्मा २७६ स्थान जितेर पहिलो शक्ति बन्न सफल भएको हो । त्यस्तै नेपाली कांग्रेसले पहिलो चरणमा १०५ र दोस्रो चरणमा १२२ स्थान जित्दै जम्मा २२७ स्थानमात्र हात पार्न सफल भएको छ । यो निर्वाचनमा नेपाली कांग्रेसभन्दा एमालेले ४९ तह बढि जित्न सफल भएको छ । 

त्यस्तै माओवादी केन्द्रले भने कांग्रेस एमालेको तुलनामा धेरै कम अर्थात सय स्थानीय तहमा पनि जित्न सकेन । उसले पहिलो निर्वाचनमा ४६ स्थानीय तहको प्रमुख जित्न सफल भएकोमा दोस्रो स्थानीय तहमा ३८ तहमात्र आफ्नो पारेको छ । दुवै चरणको परिणाम जोड्दा माओवादीको जम्मा ८४ स्थानीय तहमामात्र उसको पक्षमा गएको छ । 

त्यस्तै पहिलो चरणको चुनावमा सहभागि नभएको फोरम लोकतान्त्रिकले दोस्रो चरणमा ६ स्थानीय तह जितेको छ भने नयाँशक्ति र संघीय समाजवादी फोरम एउटै चुनाव चिन्हबाट चुनाव लड्दा ९ स्थानमा जित हाँसिल गर्न सफल भएका छन् ।  त्यस्तै संसदमा चौथो ठुलो दलका रुपमा रहेको राप्रपाले दुवै चरणको निर्वाचनमा ५ स्थानीय तहमा मात्रै जितेको छ । राप्रपा पहिलो चरणमा एक र दोस्रो चरणमा चार स्थानीय तहको प्रमुखको पद हत्याउन सफल भएको हो । 

त्यस्तै स्थानीय चुनावमा राष्ट्रिय जनमोर्चा, नेमकिपा र स्वतन्त्र उम्मेदवारले ११ स्थान तित्न सफल भएका छन् । 

पहिलो र दोस्रो गरी मुलुकका ७४४ मध्ये ६१६ स्थानीय तहमा भएको स्थानीय तह निर्वाचनमार्फत प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यसहित २८ हजार ५ सय ९४ जना जनप्रतिनिधि निर्वाचित हुनुपर्ने हुन्छ ।

तर पहिलो चरणमा चितनवनको भरतपुर महानगरपालिकाका दुई वडाका अध्यक्ष सहित १० जनप्रतिनिधि र  मेयर तथा  उपमेयर निर्वाचित हुन बाँकी रहँदा अहिलेसम्म २८ हजार ५ सय ८२ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गण्डकी सरकारले खारेज गर्‍यो ९ निकाय, १५ कार्यालय गाभिँदै

मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती

वाईसीएलका पाँच पूर्व उपाध्यक्ष माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्यमा नियुक्त

काठमाडौं, साउन २३ – नेकपा (माओवादी केन्द्र) ले युवा संगठन वाईसीएलबाट बिदा भएका पाँच पूर्व

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा