२७ असार , काठमाडौं : स्थानीय निर्वाचनमा साहसीक काम गरेको भन्दै नेपाल प्रहरीका हवल्दार दुर्गाबहादुर राना निकै चर्चामा थिए । उनलाई पुरस्कार घोषणा दिने घोषणा गृहमन्त्री जनार्दन शर्माले टेलिफोनबाटै गरेका थिए । उनै रानालाई महानगरिय प्रहरी आयुक्तको कार्यालयले पुरस्कार दिएको छ । रानालाई आयुक्त कार्यालयले पुरस्कार स्वरुप १५ सय रुपैयाँ प्रदान गरेको हो ।
प्रहरी हवल्दार दुर्गा बहादुर राता तिनै व्यक्ति हुन् जसले दाङको तुल्सिपुरमा रहेको मतदान केन्द्रंमा फ्याँकिएको बम ‘क्याच’ गरेर फालेका थिए ।
महानगरिय प्रहरी आयुक्त कार्यालयले राना सहित अन्य तीन जना प्रहरीलाई पनि पुरस्कृत गरेको छ । प्रहरी हवल्दारद्वय दुर्गाबहादुर राना र धनप्रसाद कुमाल तथा जवान दलबहादुर आले पुरस्कृत भएका हुन् । तीनैजना आयुक्त कार्यालय मातहत कार्यरत छन् ।
हवल्दार रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोकेका थिए । कुमाल र आलेले बलम्बुको मतदानमा मतपेटिका फाल्न खोज्नेलाई रोकेका थिए ।
तीनै जनालाई जनही एक हजार पाँच सय रुपैयाँ प्रदान गरिएको महानगरीय प्रहरी आयुक्त कार्यालयका निमित्त प्रमुख डीआईजी बमबहादुर भण्डारी जनाए ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का