धुलाम्मे सहर र गर्मीमा यसरी जोगाउनुहोस छाला

243099979Homemade-Beauty-Tips-For-Fair-Skin

कामकाजी महिलालाई आफ्नो कार्यस्थल जान यातायात जाम, धुलो, धुवाँसंग दैनिक जुध्नुपर्छ । यसले उनीहरुको सौन्दर्यलाई पनि असर पारिररहेको हुन्छ । यस्तो अवस्थामा महिलाहरुले आफ्नो अंगको स्वच्छतालाई पनि ध्यान दिनुपर्ने हुन्छ । कामकाजी महिलाले गर्मीमा सुत्नुअघि आफ्नो अनुहारको धुलो, पसिना, तैलीय पदार्थलाई सफा पानीले धुनुपर्छ । गर्मीमा तुलसी या निमयुक्त फेसवास सबैभन्दा बढी उपयुक्त हुन्छ । यसले अनुहारको धुवाँधुलो हट्नुका साथै अनुहारका दागधब्बा पनि हट्छ।

अनुहारलाई सफा गरिसकेपछि गुलाबजल लगाउन सकिन्छ । यसले छालालाई निखार दिन्छ, ताजा महसुस गराउँछ र शितलता प्रदान गर्छ । गुलाबजलले छालामा रक्तसन्चार प्रवाहलाई नियमित गर्न मद्धत गर्छ र चमकता प्रदान गर्छ।

गर्मीका बेला तातो तथा आर्द्रतायुक्त मौसममा म्याट मोस्चराइजर सबैभन्दा बढी उपयुक्त मानिन्छ । यदि घरबाहिर निस्कनु छ भने सनस्क्रीनको उपयोग गर्न सकिन्छ । तैलीय छालाका लागि आयल फ्री सनस्क्रीन पनि बजारमा पाइन्छ । गर्मीमा सातामा दुई या तीनपटक फेसियल स्क्रब प्रयोग गर्न सकिन्छ । फेसियल स्क्रबले छालाबाट मरेका कोशिकालाई हटाउन मद्धत मिल्छ र छालाको गहिरो सफाई हुन्छ । यसबाट छालामा चमक तथा निर्मलता आउँछ।

छालामा पोषकयुक्त क्रिम (नरिसिङ क्रिम) लगाएर हल्का हल्का चारैतिर गोलाकार स्वरुपमा मालिस गर्नुपर्छ । मसाजको ३–४ मिनेटमा सफा पानीले पूरै धुनुपर्छ । गर्मीमा साताको दुईपटक फेस मास्कको उपयोग गर्नुपर्छ । फेस मास्कलाई ओठ तथा आँखाको नजिकको क्षेत्र छाडेर अनुहारमा पूरै लगाउनुपर्छ । सुकेपछि यसलाइ धुनुपर्छ।

आफ्नो मेकअपमा ताजगी ल्याउनका लागि ह्याण्डब्यागमा केही सौन्दर्य सामग्री जरुर राख्नुपर्छ । गर्मीमा सुगन्धित चिसो टिस्यु स्फूर्तिदायक साबित हुन्छ । यो बजारमा सजिलै उपलब्ध हुन्छ । यसलाई छाला सफा गर्न र पसिनाको दुर्गन्ध सफा उपयोग गर्न सकिन्छ।

सुगन्धित पाउडर पनि लाभदायक र असरदायक मानिन्छ । पहिला टिस्युले छाला सफा गर्नुपर्छ र पछि पाउडर लगाउनुपर्छ । यसबाट तैलीय छालाको समस्याबाट मुक्ति मिल्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित