नेपाली नागरिकताको दुरुपयोग गर्दै फ्रेन्च आर्मिको नाममा करोडौं ठगी गरेर बेपत्ता


१६ भदौ,काठमाडौं ।
फ्रेन्च आर्मी बनाईदिने बिश्वास दिलाएर करोडौं ठगी गर्ने काठमाडौं रानिवारी स्थित एसटीएम फिजिकल ट्रेनिङ सेन्टरका संचालक अझै पक्राउ नपर्दा पिडितहरु चिन्तामा परेका छन।२०७४ सालमा ठगी गरेर फरार भएका भगवानदास राई भनिने रुबेन शाही अझैसम्म पक्राउ परेका छैनन्।

भगवानदास राई भनिने रुबेन शाहिले इटहरी लगाएत पुर्वका १९ जना युवाहरुलाई फ्रेन्च आर्मिमा भर्ती गरिदिने प्रलोभन देखाएर प्रतिब्यक्ती १४ लाख ५० हजारका दरले पैसा उठाएका थिए।पैसा उठाएर तीन महिनाको तालिम समेत गराईसके पछाडी २०७४/२/७गतेबाट भगवानदास राई भनिने रुबेन शाही फरार भएका थिए।

काठमाडौंको रानिबारिमा एसटीएम फिजिकल ट्रेनिङ सेन्टरको हेड अफिस रहेको भन्दै भगवानदास राई उर्फ रुबेन शाहीले इटहरीमा यसको ब्रान्च अफिस खोलेका थिए र इटहरी लगाएतका स्थानहरुको १९ जना युवाहरुलाई उनले त्यहीँ तीन महिना ट्रेनिङ समेत गराएका थिए।ट्रेनिङ सम्पन्न भएपश्चात युवाहारुलाई परिवार संग विदा भएर आउन लगाएर आफुभने पैसा लिएर बेपत्ता भएका थिए।

युवाहरूलाई सम्पर्क गराईदिने इटहरी-२ का राजाराम राई,धनकुटाका सुवास मगर,धरान-१५ का प्रेमबहादुर मगरलाई प्रहरीले पक्राउ पनि गरेको थियो तर रकम संकलन गर्ने मुख्य नाईके भगवानदास राई भनिने रुबेन शाही फेला नपरेको भन्दै केही समय हिरासतमा राखे पश्चात् प्रहरिले उनिहरुलाई छोडिदिएको छ।

प्रहरीका अनुसार ती चारै जनाको समुहले आपसी मिलेमतोमा युवाहरूलाई ठगी गरेको प्रारम्भिक अनुसन्धान बाट खुलेको जनाएको थियो।प्रहरिका अनुसार पुर्वका १९ जना युवाहरुमध्ये  अधिकाङ्स बाट १४ लाख ५० हजारका दरले पैसा उठाएर करोडौं ठगी गरिएको थियो।रकम बुझाउनुको साथै तालिम पनि अनिवार्य गराएपछि ती युवाहरूले इटहरीमा तीन महिना तालिम समेत गरेका थिए।तर जुन दिन फ्रान्सको लागि उडान हुने बिश्वास गराईएको थियो त्यसको केही दिन अगाडिनै ट्रेनिङ सेन्टरमा ताला मारेर भगवानदास राई भनिने रुबेन शाही फरार भएका थिए।

जनही ४ लाख ७५ हजार तलब आउने प्रलोभन देखाएर फ्रान्सको लागि उडान भर्न ट्रेनिङ सेन्टर पुगेका युवाहरुले ट्रेनिङ सेन्टरमा ताला लगाएर शाही बेपत्ता भएको र आफुहरु माथी ठगी भएको बुझेर पीडित युवाहरू रकम बुझाएको भौचर र निवेदन लिएर इलाका प्रहरी कार्यालय इटहरी पुगेका थिए।यता इलाका प्रहरी कार्यालयले भगवानदास राई भनिने रुबेन शाही र उनको समुहको विरुद्ध मुद्दानै दर्ता गराएर आवश्यक अनुसन्धान पनि शुरु गरेको थियो तर मुख्य अभियुक्त भगवानदास राई भनिने रुबेन शाही फेला नपरेको भन्दै प्रहरीले पक्राउ परेका अन्य दोसिहरुलाई पनि छोडिदिंदा आफुहरु मर्कामा परेको पिडितहरुको गुनासो रहेको छ।

१९ जना युवाहरूलाई फ्रेन्च आर्मीमा भर्ती गराउंछु भन्दै करोडौं ठगी गर्ने भगवानदास राइ उर्फ रुबेन शाहिले नेपाली नागरिकताको दुरुपयोग गरेको खुल्न आएको छ।उनले २०५३लाई २०२३बनाएर रुपन्देही जिल्ला प्रशासन कार्यालय बाट जारी भएको नागरिकता प्रयोग गरि ठगी गरेका छन।उनले त्यही नागरिकता बाट नविल बैंक लिमिटेडमा खाता समेत खोलेका थिए र पिडितहरुले रुबेन शाहिको नाममा नबिल बैंक लिमिटेडमानै रकम जम्मा गरिदिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार