१७ वटा तहमध्ये ७ मा काँग्रेस, ५ मा एमाले

२३ असार, विराटनगर । मोरङका १७ वटा स्थानीय तहमध्ये १५ वटाको निर्वाचन परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक भएका परिणाममध्ये नेपाली काँग्रेसले सातवटा तहमा विजय हासिल गरेको छ भने नेकपा (एमाले) पाँच, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम नेपाल र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार एक–एक स्थानीय तहको प्रमुख पदमा विजयी भएका छन् । विराटनगर महानगरपालिका र धनपालथान गाउँपालिकाको मतगणना भने जारी छ ।

यस जिल्लामा एक महानगरपालिका, आठवटा नगरपालिका र आठवटा गाउँपालिका छ । आठनगरपालिकामध्ये पाँचवटाको प्रमुख पदमा काँग्रेस विजयी भएको छ । सुनवर्षी नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेसकै उम्मेदवार विजयी भएका छन् । रतुवामाई, उर्लाबारी, लेटाङ र सुन्दरहरैचा नगरपालिकाको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवारले विजयी भएका छन् ।

यसबाहेक, पथरी–शनिश्चरे र बेलबारी नगरपालिको प्रमुख र उपप्रमुखमा एमालेले विजय हासिल गरेको छ भने रङ्गेली नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

जिल्लाका आठवटा गाउँपालिकामध्ये कटहरि र केराबारीको अध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने मिक्लाजुङ, कानेपोखरी, ग्रामथानमा एमाले, बुढीगङ्गामा नेपाल लोकतान्त्रिक फोरम र जहदा गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । रासस

२३ असार, विराटनगर । मोरङका १७ वटा स्थानीय तहमध्ये १५ वटाको निर्वाचन परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएका परिणाममध्ये नेपाली काँग्रेसले सातवटा तहमा विजय हासिल गरेको छ भने नेकपा (एमाले) पाँच, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम नेपाल र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार एक–एक स्थानीय तहको प्रमुख पदमा विजयी भएका छन् । विराटनगर महानगरपालिका र धनपालथान गाउँपालिकाको मतगणना भने जारी छ । यस जिल्लामा एक महानगरपालिका, आठवटा नगरपालिका र आठवटा गाउँपालिका छ । आठनगरपालिकामध्ये पाँचवटाको प्रमुख पदमा काँग्रेस विजयी भएको छ । सुनवर्षी नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेसकै उम्मेदवार विजयी भएका छन् । रतुवामाई, उर्लाबारी, लेटाङ र सुन्दरहरैचा नगरपालिकाको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवारले विजयी भएका छन् । यसबाहेक, पथरी–शनिश्चरे र बेलबारी नगरपालिको प्रमुख र उपप्रमुखमा एमालेले विजय हासिल गरेको छ भने रङ्गेली नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । जिल्लाका आठवटा गाउँपालिकामध्ये कटहरि र केराबारीको अध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने मिक्लाजुङ, कानेपोखरी, ग्रामथानमा एमाले, बुढीगङ्गामा नेपाल लोकतान्त्रिक फोरम र जहदा गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने : मन्त्री गुरुङ

काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको

गण्डकी सरकारले खारेज गर्‍यो ९ निकाय, १५ कार्यालय गाभिँदै

मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती

सूचना प्रविधिको विकास नगरे समयसंगै पछि पर्छौं : मन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल

दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्ने आदेश विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा महान्यायाधिवक्ता कार्यालय

 साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका

एमालेको निर्णय: विद्यादेवी भण्डारीबारे बहसमा पूर्ण रोक, झण्डामा सेतोको साटो सुनौलो रङ

काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का