
१४ अषाढ, धनगढी । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा कैलालीको लम्की चुहा नगरपालिकाकी १०२ वर्षीया महेसरा जैसीले मोतीपुर मतदान केन्द्रबाट मतदान गरेका छन् ।
यसैगरी टीकापुर नगरपालिका— ५ की ९७ वर्षीया रङ्गा भण्डारीले मनिकापुर मतदान केन्द्रबाट मतदान गरिन् । जिल्लाका सबै स्थानीय तहमा निकै उत्साहका साथ शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको प्रजिअ गोविन्दप्रसाद रिजालले बताए । मध्याह्न केही समय पानी परेपछि प्राप्त शीतलताबाट मतदाताले राहत महसुस गरेको छन् ।
मध्याह्नसम्म ५० देखि ५५ प्रतिशतसम्म मतदान भएको सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतले बताए । लम्की चुहा नगरपालिकाको कालिका मतदान केन्द्रमा मतदानका लागि लामबद्ध भएको अवस्थामा अत्यधिक गर्मीका कारण सात जना बेहोस भएकामा उपचारपछि उनीहरुले आफ्नो मताधिकार प्रयोग गरेको स्थानीय पत्रकार नवराज रावलले जानकारी दिए ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा