१३ असार, भोजपुर । निर्वाचनको पूर्वसन्ध्यामा प्रदेश नम्बर १ का भोजपुर र धनकुटा जिल्लामा बम बिष्फोट भएको छ । दुवै जिल्लामा भएका बिष्फोटमा मानवीय क्षति भने भएको छैन ।
भोजपुर नगरपालिका वडा नं. ४ सिद्देश्वरमा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेद्वार प्रेम भण्डारीको घरमा विहान ७ बजे सुतली बम विस्फोट भएको हो ।
त्यस्तै भोजपुरकै उत्तरी षडानन्द नगरपालिका १३ बोयामा नेकपा एमालेका अध्यक्षका उम्मेद्वार इन्द्रकुमार श्रेष्ठको घरमा पनि विहान ४ बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । विस्फोटबाट कुनै क्षती भने भएको छैन ।
भोजपुरका प्रहरी प्रमुख डिएसपी काजीकुमार आचार्यका अनुसार भण्डारीको घरमा राखिएको अर्को बमलाई भने प्रहरीले निस्त्रिmय पारेको थियो । बम कसले राख्यो भन्ने अहिलेसम्म थाहा भएको छैन । बम राखेर आतंकित पार्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच धनकुटामा पनि दुई स्थानमा बम बिष्फोट भएको छ । धनकुटा बजार नजिकै सल्लेरीमा सोमबार राति १२ बजे ठूलो आवाजका साथ विष्फोट भएको थियो । विष्फोटनको आवाजपछि बजारवासीहरु डराएर घरबाहिर निस्केका थिए ।
राति प्रहरीले विष्फोटको कारण पत्ता लगाउन नसकेपनि बिहान टुक्रा परेको सिलिण्डर फेला पारेपछि सिलिण्डर बम विष्फोट भएको रहस्य खुलेको हो ।
त्यस्तै साँघुरीगढी गाउँपालिकामा पनि बम विष्फोट भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता