७ असार, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको इटालियन कम्पनीले नयाँ प्रविधिका निर्माण सामग्री नभित्र्याउँदा असोजसम्म सुरुङ निर्माण नसकिने भएको छ ।
मेलम्ची खानेपानी विकास समितिले यसअघि असोज मसान्तसम्म सुरुङ निर्माण सम्पन्न गरी उपत्यकामा पानी खसाल्ने लक्ष्य राखेको थियो ।
निर्माण व्यवसायीले नयाँ प्रविधिका सामान नल्याएकाले सामग्रीको मर्मत सम्भारमा समय बित्दा छिटो काम हुन नसकेको समितिले जनाएको छ ।
त्यो लक्ष्य पूरा गर्न दैनिक २५ मिटर सुरुङ खन्नुपर्नेमा हाल दैनिक १८ मिटर मात्र खन्ने काम भइरहेको समितिका कार्यकारी निर्देशक इन्जिनीयर रामचन्द्र देवकोटाले जानकारी दिए ।
‘आयोजनाको २४ किमी सुरुङ खनिएको छ, अब करिब तीन किमी खन्न बाँकी छ, यो वर्षको पुससम्म सुरुङ सक्ने गरी काम भइरहेको छ, इटालियन निर्माण व्यवसायी सिएमसीलाई नयाँ प्रविधिका सामग्री ल्याई काम गर्न २०७३ माघमा निर्देशन दिइएको थियो, सिएमसीले खर्च बढ्ने भएकाले नयाँ प्रविधिका सामग्री झिकाउन सकिँदैन भन्ने जवाफ दिएको छ’ देवकोटाले भने ।
सुरुङ निर्माण सकेर भित्र प्लाष्टरको काम गरी २०७४ चैत अगावै उपत्यकामा मेलम्चीको पानी ल्याइसक्ने नयाँ लक्ष्य समितिले लिएको छ । सुन्दरीजलदेखि सिन्धुसम्मको ९.५ किमी सुरुङ खनिसकेपछि बाँकी काम सक्न हाल चार स्थानबाट काम भइरहेको छ ।
सिन्धुबाट ग्याल्थुम, ग्याल्थुमबाट सिन्धु, ग्याल्थुमबाट मुहान र मुहानबाट ग्याल्थुम गरी चार स्थानबाट सुरुङ खन्ने काम भइरहेको कार्यकारी निर्देशक देवकोटाले बताए ।
सुरुङको मुखमा काम गर्दा कामदार भित्र जान र निर्माण सामग्री लैजान पनि समय नलाग्ने हुँदा काम छिटो भएपनि हाल कामदार सुरुङ भित्र छिर्न, निर्माण सामग्री लैजान र अक्सिजनको व्यवस्था गर्न पनि समय लाग्ने गरेको छ ।
यसले गर्दा पनि काममा ढिलाइ भएको छ । असोजसम्म पानी खसाल्ने लक्ष्य सामग्री भित्र लैजाने विषयको विश्लेषण नगरी गरिएको हुनसक्ने उनले बताए ।
सुरुङको गुणस्तरमा सम्झौता नगरेकाले पनि काममा केही ढिलाइ भएको कार्यकारी निर्देशक देवकोटाको भनाइ छ ।
यसअघि विसं २०७३ वैशाख १ गते मेलम्चीको पानी राजधानी ल्याइने सरकारको प्रतिबद्धता थियो । संशोधित प्रतिबद्धता अनुसार २०७४ को दशैंमा पानी ल्याउने लक्ष्य राखिएकामा त्यो पनि सम्भव नहुने निश्चित भएको छ । अब २०७५ वैशाख अघि मेलम्चीको पानी ल्याउने समितिको लक्ष्य छ । रासस
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का