काठमाडौं । स्थानीय चुनाव खारेजी अभियानका क्रममा उपत्यकाबाट गिरफ्तार भई हिरासतमा राखिएका अभियानकर्मीहरुलाई अभिनन्दन गरिएको छ । राजधानीको अनानगरस्थित संवाद डबलीमा आयोजित एक विशेष कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका उच्च तहका नेतृत्वहरुले बधाई तथा अभिनन्दन गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका नेता एवं स्थायी समिति सदस्य सन्तोष बुढाले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशाको प्रयोग र क्रान्तिकारीहरुको पहलकदमीले राज्यसत्ताको निदहराम भएको बताए ।
उपत्यका ब्यूरो इन्चार्ज समेत रहेका नेता बुढाले दोस्रो चरणको चुनावमा पहलकदमी थप सशक्त र प्रयोगात्मक बनाउने दृढता व्यक्त गरे । नेता कार्यकर्ताले अभियानमा देखाएको साहस र विवेकले दलाल सत्तालाई खारेज गरेर राष्ट्रियता र स्वाधीनता बचाउन सक्ने खाका स्पष्ट भएको बताउँदै आगामी दिनमा संघर्षलाई थप सुदृढ बनाएर लैजाने बुढाको भनाई छ ।
अभिनन्दित हुनेहरुमा ८ घण्टादेखि ३९ दिनसम्म प्रहरीको हिरासतमा बसेर रिहा भएका पार्टीका नेता तथा कायकर्ताहरु छन् । एकीकृत जनक्रान्तिलाई प्रतिक्रियावादीको चुनावमा प्रयोग गर्न सफल भएको भनाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले राखे । नेकपाद्वारा संचालित स्थानीय चुनाव खारेजीप्रति लक्षित शान्तिपूर्ण राजनीतिक कार्यक्रम ‘एकीकृत जनजागरण तथा प्रतिरोध अभियान’ क्रममा प्रहरीले राजधानीमा विभिन्न स्थानबाट गिरफ्तार गरी झुठा मुद्दा लगाएर धरौटीमा रिहा गरेको थियो ।
लामो समय हिरासतमा पर्नेमा नेकपाका युवा संगठनका नेता सुरेश लामालाई दुईपटक गरी ३९ दिन हिरासतमा राखेर ७५ हजार धरौटीमा छाडिएको थियो । लामालाई चरम शारीरिक र मानसिक यातना समेत दिइएको थियो । त्यस्तै करिब ८ घण्टाको हिरासत रखाईपछि मकर गुरुङलाई छाडिएको थियो ।
अन्यलाई एक हजार, दुई हजार १० हजार रुपैयाँ लिई छाडिएको थियो । छुट्नेहरुमा कार्यकर्तादेखि केन्द्रीय सदस्य नारायण महर्जन रहेका छन् । अन्य अभिनन्दित हुनेहरुमा मकर नारायण श्रेष्ठ, मकर गुरुङ, सुरेश लामा, नविन विष्ट, हिरा शाही, एल.के. रायमाझी, विजय थापा, सुदर्शन मंगोल, धिरेन्द्रा उपाध्याय, लोकेन्द्र विष्ट, जय सिंह, चरित्र मगर रहेका छन् ।
त्यसैगरी टिकाराम चौधरी, ईश्वर बुढाथोकी, रामकृष्ण गौतम, टेकबहादुर प्रधान, ज्ञानेन्द्र बुढाथोकी, भुवन बिसी, दिनेश बोगटी, ठाकुरप्रसाद तिमल्सिना ‘रसुवाली कवि’लगायतलाई अभिनन्दन गरिएको छ । उनीहरु सबैलाई काठमाडौंको टेकु, दरबार मार्ग, जनसेवा, सिंहदरबार प्रहरी हिरासतमा राखिएको थियो ।
त्यसैगरी भक्तपुर प्रहरी हिरासतमा राखिएका युवराज आचार्य, धु्रव किराँती, जीवन तामाङलाई अझै रिहा नगरिएको नेकपा उपत्यका विशेष ब्यूरोले जनाएको छ । रिहालगत्तै पुनः पक्राउ गर्ने प्रहरी प्रशासनको कदमको ब्यूरो घोर भत्सर्ना गरेको छ । झुठा मुद्दामा बन्दी बनाइएका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न समेत ब्यूरोले माग गरेको छ । शान्तिपूर्ण राजनीतिक कार्यक्रमलाई निर्वाध रुपमा संचालन गर्न दिन पनि सरकारसँग माग गरे ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का