२२ जेठ , काठमाडौ । संसद खुलाउनका लागि एमाले अध्यक्ष केपी ओली निवास पुगेका कांग्रेस नेताहरुलाई कांग्रेस र माओवादी केन्द्रका कारण यस्तो अवस्था आएको भन्दै पहिले त्यसलाई आफुले मिलाउनु भन्दै झपारेका छन ।
अवरुद्ध संसद खुल्लाउन र सभापति देउवालाई प्रधानमन्त्रीको कुर्सिमा चढाउन नेपाली कांग्रेसका नेताहरु एमाले अध्यक्ष ओली निवास बाल्केट पुगेका छन । कांग्रेस नेताहरु विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की र प्रदिप गिरी संसद खुलाउनका लागि आग्रह गर्दै बाल्कोट पुगेका हुन। स्रोतका अनुसार ओलीले भने ‘ पहिला वातावरण बनाउनुस, त्यसपछि सबै कुरा आफै मिलेर जान्छ’।
स्रोतका अनुसार भरतपुरमा मत पत्र च्यात्ने माथि कारवाही, भरतपुरमा मतगाणना तर्फ लक्षित थियो। निधिले ओलीसग निर्वाचन आयोगको निर्णय र संसदको अवरोध एउटै नभएको भन्दै फेरि पनि संसद खोल्न आग्रह गरेका थिए । जवाफमा ओलीले सरकार पक्ष ले चुनावा हार्ने र मत पत्र च्यात्न लाउने अनि निर्वाचन आयोग प्रयोग गरे पुन मतदान गर्न लागाउने चाहि कतिको सरोकार राख्छ भने पछ निधि लगायतका कांग्रेस नेताहरु नीलो कालो भएर फर्किएका थिए ।
भरतपुरमा मत पत्र च्यातिएको र पुनः मतदान गर्ने निर्णयको विरोधमा एमालेले संसद अवरुद्ध पार्दे आएको छ । यसका कारण प्रधानमन्त्रीको निर्वाचन समेत अगाडि बढ्न सकेको छैन । संसदमा प्रधानमन्त्रीका लागि आफुसग बहुमत भएर पनि कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित हुन सकेका छैनन । प्रधानमन्त्रीका लागि गत शनिबार देउवको एक मात्र उम्मेदवारी परेको छ । देउवा आईतबारै प्रधानमन्त्री भईसक्नु पर्ने थियो ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको