२१ जेठ, ललितपुर। ललितपुरको लगनखेलस्थित मिडाट अस्पतालमा पाठेघरको अप्रेसन गर्ने क्रममा आन्द्रा काटिँदा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले अस्पतालमा तोडफोड गरेका छन् ।
अस्पतालमा मृतकका आफन्तहरुले विरोध प्रदर्शन समेत गरेका छन । काभ्रे बनेपाका ५३ वर्षीया राजकुमारी श्रेष्ठको पाठेघरको अप्रेसन गर्ने क्रममा आन्द्रा काटिएको हो । आन्द्रा काटिएपछि उनको मृत्यु भएको थियो ।
विरामीको आफन्तले चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । विरामीलाई जेष्ट १५ गते अस्पताल ल्याईएको र १६ गते अप्रेसन गरेको उनीहरुले बताएका छन् ।
ललितपुर प्रहरीले व्यवस्थापन र पीडित पक्षबीच सहमतिको प्रयास भइरहेको जनाएको छ ।
घटनाका बिषयमा अस्पताल व्यवस्थापन पक्षले कुनै जानकारी दिएको छैन ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का