
काठमाडौं, जेठ १८– एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ज्योतिषिलाई साइत हेराई हेराई चुनावको मिति सार्ने काम गरेको आरोप लगाउँदै जहिले सारेपनि एमालेले नै जित्ने दाबी गरेका छन् ।
सरकारले असार १४ को लागि चुनावको मिति तय गरेको सन्दर्भमा उनले भने, ‘सुख्खामै पछारौंला भन्ने सोचेका थियौं, अब असारको हिलोमा पछार्नु पर्ने भयो । ’
बिहिबार काठमाडौंमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
अन्य राजनीति दलसँग भन्दा एमालेसँग भिन्न न नीति छ न विचार भएकाले नै देखिनसहने हरुले आफूलाई ‘उखाने बूढा’ भनी कटाक्ष गर्ने गरेको समेत ओलीले गुनासो गरे ।
ओलीले कुनै पनि हालतमा चितवनको भरतपुर महानगरपालिकामा रोकिएको स्थानबाट पुनः मतगणना हुनुपर्ने माग समेत गरे।
उनले आजसम्म मतगणना सुरु गर्न माग गर्दै संसद अबरुद्ध पारिएको भन्दै त्यो माग पूरा नभए आन्दोलकारीको रुपमा अघि बढ्ने बताए ।
उनले भने, ‘यदी रोकिएको ठाउँबाट मतगणना भएन भने आजसम्म संसदमात्रै चल्न दिएका छैनौं, भोलिदेखि के चल्न दिँदैन हेर्दैै जानुहोला । ’
उनले देशै ठप्प पार्ने संकेत गर्दै अगाडि थपे, ‘फेरि मतदान हुने कुरा भए हामी मान्दैनौं । त्यसविरुद्ध हामी आन्दोलनकारीको रुपमा अगाडि बढ्छौं ।’
उनले माओवादीको उद्देश्य मतपेटिका नै फेर्ने रहेको तर त्यो सम्भव नभएपछि च्यात्ने काम भएको आरोप समेत लगाए ।
‘उनीहरुको त्यहाँका मतपेटीका नै बोकेर जाने र धाँधली गर्ने योजना थियो त्यो सफल भएन। त्यसपछि दुई चार मत च्यातेर धाँधली गरे’, ओलीको आरोप थियो ।
सो अवसरमा ओलीले राजधानी, राजधानी जस्तो नभएको भन्दै एमालेले अब राजधानी बनाउने दाबी समेत गरे ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र