नयाँ शक्तिको चुनावी प्रतिवद्धता : २५ बर्षमा प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पुर्याउने

काठमाडौ, बैशाख १८ –नयाँ शक्ति पार्टी, नेपालले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नयाँ शक्तिले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा आर्थिक बृद्धिलाई सवैभन्दा बढि जोड दिएको छ ।
उसले सार्वजनिक गरेको प्रतिवद्धता प्रत्रमा ५ वर्ष देखि २५ वर्षसम्मका योजना तयार गरेको छ ।BIJE8676-001-768x512

नयाँ शक्तिले २५ बर्षमा प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पुर्याउने परिकल्पना गरेको छ ।

त्यस्तै ५ वर्षमा कुल ग्रार्हस्थ बचत कुल ग्रार्हस्थ उत्पादनको २० प्रतिशत पुर्याउने प्रतिबद्धता पनि जनाएको छ ।

बार्षिक तीन लाख रोजगारी रोजगारी सिर्जना गरी रोजगारीमा जानेको संख्या प्रतिदिन ५०० मा झार्ने, १५ बर्ष मुनि र ६५ बर्षमा माथिकालाई निशुल्क स्वास्थ्य सेवा प्रबाह गर्ने, विद्यालय जाने उमेरका बालबालिका विद्यालय जाने प्रतिशतलाई शत प्रतिशत पु¥याउने र उच्च माध्यमिक तहमा पढ्नेहरुको प्रतिशत ८० पु¥याउने सुचाङक सार्वजनिक गरेको छ । नयाँ शक्तिले प्रत्येक घरमा केन्द्रीय ग्रिडको विद्युत पुर्याउन ५ बर्षमा ४ हजार मेगावाट विद्युत उत्पादन गरिने तथा साथै प्रत्येक घरमा ब्रोडब्याण्ड इन्टरनेट कनेक्टिभिटी पु¥याउन सकिने व्यवस्था गरिने जनाएको छ ।

एकीकृत बस्ती विकास र शहरी विकास गरी शहरी विकास सूचकाङ्क ७५ प्रतिशत भन्दा माथि हुने शहरी जनसंख्या ३० प्रतिशत पु¥याउने उसको योजना छ । दुईवटा उत्तर–दक्षिण आर्थिक करिडर सञ्चालनमा ल्याउने योजना बनाएको नयाा शक्तिले पर्यटन क्षेत्रको आधुनिकीकरण गरी वार्षिक रूपमा नेपाल आउने पर्यटकहरूको संख्या २० लाख पु¥याउने लक्ष्य लिएको छ । खेलकुदको विकासको लागि एक अन्तर्राष्ट्रिय स्तरको रंगशाला, एक खेलकुद महाविद्यालय, प्रत्येक प्रदेशमा १/१ वटा रङ्गशाला बनाउने योजना सार्वजनिक गरेको छ ।

५१ पृष्ठ लामो घोषणा पत्रमा ‘अवको निकाश, आर्थिक विकास–समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्ने मुख्य नारा तय गरिएको छ । ५ देखि २५ बर्षभित्र गर्न आर्थिक विकासका लागि गर्न सकिने कामदेखि स्थानीय सरकार कसरी चलाउने भन्नेसम्मका विषय प्रतिबद्धता पत्रमा समेटिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय