काठमाडाैं, जेठ १४ – वर्तमान राजनीतिक परिस्थिति र शीर्ष नेताहरुको सहमतिको प्रयासलाई सार्थक बनाउन प्रधानन्यायाधीश सुशीला काकीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावका प्रस्तावक र समर्थक दुवैले प्रस्ताव अघि नबढाउन निवेदन दिएका छन् ।
महाअभियोगका प्रस्तावक कांग्रेस सांसद मीन विश्वकर्मा र समर्थक माओवादी केन्द्रका टेकबहादुर बस्नेतले प्रस्ताव दर्ता भएको ३३ दिनपछि आइतबार (आज)सभामुखलाई भेटेर प्रस्ताव अघि नबढाउन माग गर्दै निवेदन दिएका हुन् ।
निवेदनमा ‘वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गरी हाल यो प्रस्ताव अघि नबढाउन अनुरोध गर्दैछौं ।’ भनिएको व्यहोरा उल्लेख गरेको प्रस्तावक विश्वकर्माले बताए ।
प्रधानन्यायाधीश कार्किविरुद्ध गत बैशाख १७ गते कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदहरुले महाअभियोग दर्ता गरेका थिए । लगत्तै त्यसविरुद्ध परेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायधीश चोलेन्द्र शम्शेर राणाको इजलासले अन्तरिम आदेश दिएर महाअभियोग अघि नबढाउन आदेश दिएको थियो ।
शनिबार बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा महाअभियोग फिर्ता लिने सहमति जुटेअनुसार आफुहरुले प्रस्तावअघि नबढाउन निवेदन दिएको विश्वकर्माले बताए । उनका अनुसार व्यवस्थापीका संसदको नियामावलीअनुसार प्रस्ताव निष्कृय बन्नेछ ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का