१३ जेठ, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्बोधन गरिएको सरकारको नीति तथा कार्यक्रमको प्रति सदनसमक्ष टेबुल गरे।
राष्ट्रपति भण्डारीले यही जेठ ११ गते संसद्मा सम्बोधन गरेकी थिइन । बैठकमा नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक टेकबहादुर बस्नेतले सो सम्बोधनका लागि राष्ट्रपतिसमक्ष धन्यवादको प्रस्ताव पेस गरे ।
सो प्रस्तावमा नेपाली काँग्रेसका चीनकाजी श्रेष्ठले समर्थन गरे । तत्पश्चात सो प्रस्तावबारे छलफल गर्न सभामुख ओनसरी घर्तीले यही जेठ १३ र १४ गतेको दिन तोकिन ।
राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री दाहालले यही जेठ १० गते दिनुभएको राजनीनामाबारे प्राप्त पत्रको व्यहोरा आजको बैठकमा सभामुख घर्तीले सुनाइन । सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच सहमतिपछि आजदेखि संसद् पुनः सञ्चालनमा आएको हो । रासस
२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि
माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष