१२ जेठ, काठमाडौं । सरकार र संसदबारे एमालेले तीन रणनीति अघि सारेको छ । एमालेले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम पास गर्न अवरोध गर्ने तयारी गरेको छ । स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता लगायतका पाँचवटा माग पूरा नभएसम्म संसद् अवरुद्ध गर्दै नीति तथा कार्यक्रम पास गर्न नदिने एमाले रणनीति छ ।
निर्वाचन आचारसंहिताका कारण सरकारले नियमित बजेट ल्याउन नपाउने भन्दै एमालेले सुरुमा ३१ जेठको निर्वाचन मिति जेठको १०–११ मा सार्नुपर्ने अडान लिएको थियो । तर, सरकारले तोकिएको मितिमा निर्वाचन हुने आश्वस्त तुल्याएपछि उसले नयाँ कार्यक्रम समावेश गर्न नपाउने गरी १५ जेठमा कामचलाउ बजेट ल्याउन दिने सहमति दिने ।
नीति तथा कार्यक्रम पास हुन नदिएर बजेट ल्याउन सरकारलाई नैतिक संकट खडा गरी सहमतिका लागि बाध्य तुल्याउने नीति एमालेको छ ।
एमालेले नयाँ सरकार गठन प्रक्रियाका विषयमा सत्तारुढ दलले छलफलका लागि बोलाए सहभागी हुने तर आफ्ना पाँच मागलाई अडानका रुपमा राख्ने नीति लिएको नयाँ पत्रिका दैनिकमा खबर छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको