
काठमाडौँ, ११ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीको निर्वाचनको प्रक्रिया सुरु हुने भएको छ ।
उनले प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेससँग भएको समझदारीअनुसार आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा देशवासीका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् ।
नेपालको संविधानको ‘सङ्क्रमणकालीन व्यवस्था’ मा मन्त्रिपरिषद् गठनसम्बन्धी व्यवस्था उल्लेख छ । धारा २९८ (मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्था) को उपधारा २ मा ‘व्यवस्थापिका–संसद्को अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने’ उल्लेख छ ।
उपधारा ३ मा बहुमतीय प्रक्रियाबारे उल्लेख छ । ‘उपधारा (२) बमोजिम सहमति कायम हुन नसकेमा व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुने’ उल्लेख छ । तर यसमा समयका बारेमा भने कुनै उल्लेख छैन ।
धारा २९८ को उपधारा १० मा ‘उपधारा ८ बमोजिम प्रधानमन्त्री आफ्नो पदबाट मुक्त भए पनि अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरी रहने’ उल्लेख छ ।
त्यस्तै व्यवस्थापिका–संसद् नियमावली, २०७३ को परिच्छेद ९ नियम ४९ मा प्रधानमन्त्रीको निर्वाचनको प्रक्रियाका बारेमा उल्लेख छ । प्रधानमन्त्रीको निर्वाचन राजनीतिक सहमतिबाट हुनेछ । सहमति कायम हुन नसकेमा प्रधानमन्त्रीको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुनेछ । संसद सचिवालय सूचना शाखा प्रमुख सुर्दशन कुइँकेलका अनुसार राष्ट्रपतिबाट प्रधानमन्त्री निर्वाचनको बहुमतीय प्रक्रिया अघि बढाउनेसम्बन्धी पत्र प्राप्त भएपछि सो प्रक्रिया अधि बढने छ ।
तर सहमतिको कुनै सम्भावना नदेखिएकाले काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भएको समझदारीअनुसार अब बन्ने प्रधानमन्त्री बहुमतीय प्रक्रियाबाट निर्वाचित हुनेछन् । गत वर्ष साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएका दाहालले काँग्रेससँग भएको भद्र सहमतिअनुसार काँग्रेस सभापति देउवालाई सत्ताको नेतृत्व हस्तान्तरण गर्न मार्ग प्रशस्त गरेका हुन् । रासस
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र