काठमाण्डौ । विश्वभर शहरीकरण तीव्र भएसँगै अर्बान फार्मिङको चलन निकै बढ्न थालेको छ । घरको छतमा, पार्किङ एरिया वा कुनै खालि ठाउँको प्रयोग गरी सागसब्जीको खेती गर्न थालिएको छ । यस्तो काम एक खास टेक्निकको प्रयोगबाट संभव हुन्छ । यो विधिमा मात्र २ सय वर्गफुट जति सानो क्षेत्रमा सागसब्जी उत्पादन गरिन्छ । जानकारहरुका अनुसार एकपटकको करिब डेढ लाख रुपैयाँ लगानीबाट तपाईले बर्षेनी २ लाख भन्दा बढी आम्दानी गर्न सक्नुहुन्छ ।
यो टेक्निकको मुख्य विशेषता भनेको यसमा माटोको प्रयोग नहुनु हो । यो तरिकामा बिरुवालाई अत्यावश्यक पोषक तत्व पानीको साहाराबाट सोझै बिरुवाको जरासम्म पुर्याइन्छ । टेक्निकल भाषामा यो विधिलाई हाइड्रोपोनिक्स भनिन्छ ।
माटोबिना नै छतमा सागसब्जी फलाउने अनौठो प्रविधि, आम्दानी वार्षिक २ लाख बढी
के हो यो प्रविधि ?
यो प्रविधिमा माटोको प्रयोग बिना नै सागसब्जीको खेती गरिन्छ । यसमा बिरुवालाई चाहिने पोषक तत्व पानीको माध्यमबाट जरासम्म पुर्याइन्छ । बिरुवा एक मल्टि लेयर फ्रेमको साहारामा राखिएको पाइपमा उम्रिन्छ र यसको माध्यमबाट पाइपभित्र पोषक तत्वबाट भरिएको पानीमा जरा छाडिन्छ ।
हाइड्रोपोनिक्स एक प्रविधि हो, जसलाई अलग–अलग तरिकाबाट प्रयोगमा ल्याउन सकिन्छ । तपाईले यो सिस्टमलाई आफ्नो स्तर अनुसार समेत प्रयोगमा ल्याउन सक्नुहुन्छ । यो क्षेत्रमा काम गरिरहेका कतिपय कम्पनीहरुले यो प्रविधिको प्रयोगबाट तपाईलाई आवश्यक हुने सौखको गार्डेनदेखि लिएर व्यापारिक प्रयोजनको हिसाबबाट हुने खेतीपातीका लागि समेत प्रयोग गर्न तपाईलाई सघाउन सक्छन् ।
यो प्रविधिमा काम गरिरहेको एक भारतीय कम्पनी ‘हमारी कृषि’को वेबसाइटका अनुसार उत्पादनका लागि आवश्यक एयरोपोनिक फ्रेम र टावर गार्डेन पहिला व्यवस्थापन गर्नुपर्छ । कम्पनीले बनाउने एक २ मिटर उचाईको टावरमा ४० बिरुवा लगाउन सकिन्छ । कम्पनीका अनुसार करिब ४०० बिरुवा रोप्न मिल्ने १० टावरको लागत १ लाख ५० हजारको हाराहारीमा आउँछ । यो मूल्यमा टावर, सिस्टम र जरुरी पोषक तत्व समेत सामेल छ । यदि यो सिस्टमलाई सही ढंगले प्रयोग गरियो भने त्यसपछि बिज र आवश्यक केही पोषक तत्वमा मात्र सामान्य खर्च आउँछ ।
यो १० टावर तपाईको छतमा १५० देखि २ सय वर्गफुट क्षेत्रमा सहज ढंगले खडा गर्न सकिन्छ ।
विज्ञहरुका अनुसार यो प्रविधि मानिसलाई रोजगारी दिने राम्रो उपाय हो । किनभने परम्परागत कृषि प्रणालीको तुलनामा यो प्रविधिमा राम्रो आम्दानी हुन्छ ।
पहिलो वर्ष टावर तथा संरचना तयार गर्न खर्च भए पनि दोश्रो बर्षदेखिको आम्दानी अझ बढ्नेछ । कारण, त्यसबेला बिज, बिरुवाका लागि आवश्यक पोषक तत्वका लागि मात्र खर्च हुनेछ । त्यसपछि प्रत्येक वर्ष सानो लगानीमा २ लाख बढी आम्दानी लिन सकिन्छ ।
यो टेक्निकबाट नियन्त्रित माहौलमा खेती हुन्छ । यसकारण अक्सर किसानले हाइड्रोपोनिक्सको माध्यमबाट यस्तो सागसब्जीको उत्पादन गर्छन, जसको बजार मूल्य निकै धेरै हुन्छ । यो प्रविधिमा पानी, फर्टिलाइजर, किटनाशकको खपत ५० देखि ८० प्रतिशतसम्म कम हुन्छ । यो टेक्निकबाट उत्पादन समेत ३ देखि ५ गुणासम्म वृद्धि हुन्छ ।
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
शुक्रबार, फागुन १, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन