संहिताशास्त्री अर्जुनप्रसाद बास्तोला
स जयति सिन्धुरवदनो देवो यत्पादपंकजस्मरणम् ।
वासरमणिरिव तमसां राशिं नाशयति विघ्नानाम् ।।
प्रणम्य शिरसाः कालमभिवाद्य सरस्वतीम् ।
कालज्ञानं प्रवक्ष्यामि लगधस्य महात्मनः ।।
विक्रम संवत् २०७४ साल राजा बुध मन्त्री गुरु ९सूर्य सिद्धान्तअनुसार० र राजा मंगल मन्त्री गुरु ९दृकगणित सिद्धान्तअनुसार० देखिएको छ र साधारणनाम संवत्सर ६० संवत्सरमध्ये ४४औं संवत्सर हो । वैवस्वत मनन्वन्तरअन्तर्गत कलियुगको ५११८ वर्ष भुक्त भई ५११९ वर्ष प्रारम्भ भएको छ ।
यस वर्षको राजा मंगलले राजसत्तामा बसेका व्यक्तिहरूको स्वेच्छाचारी व्यवहारले गर्दा सर्वसाधारण जनताले दुःख पाउनेछन् तर मन्त्री गुरुको कारणले कृषिबाट धान्योत्पादन वृद्धि हुनेछ । यज्ञादि धार्मिक कार्यक्रमहरू विशेष हुनेछन् । भौतिकवादी सामानहरूको मूल्य घट्नेछ । तर वर्षको सुरुमा नै शनि बक्री र वृहस्पति अतिचारी हुने भएकाले आन्दोलन र आतंकका कारण विश्वभरि नै रक्तपात, प्राकृतिक प्रकोप आदिबाट व्यापक धनजनको क्षति हुनेछ ।
अतिचारगते जीवे वक्रीभूते शनैश्चरे ।
हाहाभूतं जगत्सर्वं रुण्डमाला महीतले ।। (मयूरचित्रकम्)
यसरी समष्टिमा हेर्दा वर्ष २०७४ मिश्रित फल दिने देखिन्छ र नेपालको बारेमा भन्नुपर्दा र्वा २०७४ मा नेपालको राशि वृश्चिकमा अन्त्य र मध्य साढेसाती शनि दशा भएकोले शनि बक्री भई नेपालकै राशिमा आउनुभएको हुँदा नेपालको सरकार, सर्वसाधारण सबैले विशेष चनाखो हुनुपर्ने देखिन्छ ।
किनकि नेपालमा घटना दुर्घटनाबाट व्यापक मानवीय क्षति हुने संकेतहरू देखा परेका छन् । खासगरी जेठदेखि कात्तिकसम्म ग्रहगति अनुकूल देखिँदैनन् । त्यस अवधिमा राजनैतिक परिवर्तन, दैवी प्रकोप, घटना दुर्घटनाहरूको बाहुल्य रहनेछ ।
२०७४ मंसिर महिनाको मध्यदेखि स्थितिमा केही सुधारका लक्षणहरू देखा पर्नेछन् ।
यस वर्षको जगलग्न कुण्डलीअनुसार एकादश स्थानमा शनि र अष्टम स्थानमा गुरु वृहस्पति भएकोले वर्ष पूर्ण अशुभ भन्ने कुरा जनाउँदछ ।
किनकि यस कुण्डलीअनुसार सम्पूर्ण जनताहरू दुःख दारिद्रयबाट पीडित हुनेछन् ।यसैगरी मंगल शनिमध्ये षडाष्टक योगको कारणले कतिपय देशहरूमा युद्धको स्थिति बन्नेछ । खासगरी विदेशनीति र कूटनीति क्षेत्रमा ठूलो द्वन्द्व देखा पर्नेछ ।भदौ २९ गते देखि माघ १५ गतेसम्म गोचरमा कालसर्प योगको प्रभावले गर्दा विश्वभरि हामीले कल्पना नै गर्न नसकेका अनिष्टकारी घटनाहरू घट्नेछन् ।
यस वर्षको आर्षमान विचार गर्दा अन्तर्राष्ट्रिय सन्धिसम्झौताहरू यदि बुद्धिमतापूर्ण गर्न सकेमा नेपाललाई विशेष लाभ हुने देखिन्छ ।
अंशुविमर्दें युद्धानि भूभुजां शस्त्ररुकादपमर्दाः ।
युद्धे चाप्यपसव्ये भवन्ति युद्धानि भूपानाम् ।।
राज्यभ्रंशों राजयुद्धं क्लेशानां च प्रवद्र्धनम् ।
उपघातोऽल्पवृष्टिश्च क्षयश्चार्थस्य भूमिजे ।।
यत्रमासे महीसूते जायन्ते पंचवासराः ।
रक्तेन पूरिता पृथ्वी छत्रभंगस्तदा भवेत् ।।
उपर्युक्त सबै शास्त्र वचनहरू र ग्रह नक्षत्र तारा धूमकेतु आदिको सूक्ष्म विश्लेषण गर्दा यस वर्ष रक्तपात, जनधनको हानि हुने, देशदेशका बीचमा युद्ध चर्कंदै जाने, वायुयान दुर्घटना, आणविक दुर्घटना, खाद्यान्नको कमी, पेय जलको कमी, अग्निकाण्ड, बाढी सुक्खा, भूकम्प, ज्वालामुखी आदि प्राकृतिक प्रकोपको प्रबल सम्भावना रहेको हुँदा विश्वका खगोल ज्योतिषशास्त्र आदिका विद्वान तथा विश्वका राजनेताहरूले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।
तसर्थ यसको शान्तिको लागि १०८ कुण्डात्मक विश्व शान्ति हवन गर्नु म अत्यावश्यक देख्दछु ।
मैले माथि भनेका कुराहरू मेरामात्र नभई वेदशास्त्रसम्मत कुराहरू हुन् । जसको सत्यताको लागि यजुर्वेदको यो मन्त्रद्वारा सत्य स्थापित गर्दछु
ॐ अग्ने व्रतपते व्रतं चरिष्यामि तच्छकेयं तन्मे राध्यताम् ।
इदमहनृतात् सत्यमुपैमि ।।
उपरोक्त वेद शास्त्र वचनहरूलाई भाष्य अर्थ गर्ने म धृष्टता गर्न चाहन्न तथापि एक संहिता शास्त्रीको कर्तव्यलाई ध्यानमा राखी यो भविष्यवाणी गरेको छु । किनकि आजभन्दा सहस्रौं वर्ष पूर्वआधुनिक वैज्ञानिक संयन्त्रहरूको आविष्कार नहुँदा पनि हाम्रा पूर्वज ऋषिमुनिहरूले “या ब्रह्माण्डे सा पिण्डे, या पिण्डे सा ब्रह्माण्डे” भन्ने सूत्रबाट अन्तःदृष्टि द्वारा विश्व एवम्सौर्य मण्डलको संरचना ग्रहहरूको मार्गी, शिघ्री, वक्री, अतिचारी आदि गति तथा समस्त जीवहरूमाथि पर्ने ग्रह रश्मिको शुभाशुभ प्रभावको अनुशीलन गरिएको थियो । त्यस कारण यस शास्त्रको अध्ययन गर्न अति सूक्ष्म ज्ञान तथा दिव्य दृष्टि आवश्यक पर्ने कुरा मनीषीहरूले बताएका छन् ।
तसर्थ कठोपनिषद्को यो वचनलाई पनि ख्याल गरौं
एव सर्वेषु भूतेषु गूढोत्मा न प्रकाशते ।
दृश्यते तु अग्रया बुद्ध्या सूक्ष्मया सूक्ष्मदर्शिभिः ।।
सम्पूर्ण गुरुजन तथा विद्वद्वर्गमा म अकिञ्चन सविनय आ ना कुराहरू शास्त्रसम्मत ढंगबाट राख्न पाउँदा आफूलाई अहोभाग्यशाली ठानेको छु । सबैबाट उचित सहयोग र सुझाव पाउने आशा गर्दै वाणीलाई वि श्राम दिन्छु ।
त्रुटे सहस्त्र भागो यः लग्न कालः स उच्यते ।
ब्रम्हा ऽपि तं न जानति किं पुनः पामरो जनाः ।।
“ॐ नमः शिवाय”
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले
असोज २२,काठमाडौँ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै