राजपाले छाता चिह्न पाउने सम्भावना छैन : प्रमुख निर्वाचन आयुक्त

 Madhesi-party-united-8
 

बनेपा, १३ वैशाख । निर्वाचन आचारसंहिता–२०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता–२०७३ मा उल्लेख भएका बुँदा अक्षरशः पालनाका लागि दलले प्रतिबद्धता व्यक्त गरेका छन् ।

निर्वाचन आयोगले मंगलबार धुलिखेलमा आयोजना गरेको अन्तरक्रियामा राजनीतिक दलबाहेक नागरिक समाज, सरोकार भएकाले पनि मन, वचन र कर्मले प्रयत्नशील रही आचारसंहिता उल्लङ्घनका घटना हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले एकीकरणमा गएका राजनीतिक दललाई अहिले नयाँ चुनाव चिह्न दिन नसकिने बताए ।

उनले भने, “अब छाता चुनाव चिह्न पाउने कुनै सम्भावना छैन ।” प्रमुख निर्वाचन आयुक्त यादवले पहिलेकै चुनाव चिह्नलाई मिलाएर ल्याउन मधेस केन्द्रित दललाई आग्रह गर्दै वैशाख ३१ गतेको निर्वाचन हुनेमा शङ्का नगर्न सबैलाई अनुरोध गरे।

उनले जेठ १५ गते बजेट ल्याउन निर्वाचन आयोगको परामर्श आवश्यक भएकामा जोड दिँदै बजेटबाट दोस्रो चरणको निर्वाचन प्रभावित हुन नहुने बताए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष