चेल्सीको जितमा कोस्टा बने नायक

3F99AA7F00000578-4445342-image-m-116_1493153673636

वैशाख १३ – इंग्लिस प्रिमियर लिग लिडर चेल्सीले सात अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत मंगलबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले साउथह्याम्प्टनलाई ४–२ ले हराएको हो । चेल्सीको जितमा डिएगो कोस्टाले दुई तथा इडन हजार्ड र ग्यारी काहिलले एक एक गोल गरे ।

साउथह्याम्प्टनका लागि ओरिओल रोमेउ र रायन बट्र्रेन्डले एक एक गोल गरे । पाँचौं मिनेटमा नै हजार्डले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए । २४ औं मिनेटमा साउथह्याम्प्टनका रोमेउले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

पहिलो हाफको इन्जुरी समयमा काहिलको गोलबाट चेल्सीले अग्रता लियो । दोस्रो हाफमा कोस्टाले थप दुई गोल गरे । उनले ५३ र ८९ औं मनिेटमा गोल गरेपछि चेल्सीले ४–१ को अग्रता लियो । तर इन्जुरी समयमा साउथह्याम्प्टनका बट्र्रेन्डले गोल गरेपछि चेल्सी ४–२ ले विजयी भयो ।

जितपछि चेल्सीको ३३ खेलबाट ७८ अंक भएको छ । चेल्सी दोस्रो स्थानको टोटनह्याम भन्दा सात अंकले अघि छ । तर टोटनह्यामले एक खेल कम खेलेको छ । पराजित भएको साउथह्याम्प्टन ३२ खेलबाट ४० अंकसहित नवौं स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार