आइपिएलमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको प्रदर्शन यसपाली औसत छ। उनको टोली रोयल च्यालेञ्जर्स बेङ्लोरले पनि खासै राम्रो प्रदर्शन गर्न सकेको छैन। त्यही पनि विराटको चर्चा बलिउड नायिका अनुष्का शर्माको प्रेम प्रसंगका कारण निकै चुलिएको छ।
विराटले अहिले जुन स्टाइलको दाह्री पालेका छन्, यसमा अनुष्काको भूमिका ठूलो रहेको बताइन्छ।![]()
विराटले आफ्नो नयाँ लुक सोशल मिडियामा पोस्ट गर्दै अन्य खेलाडी हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र रोहित शर्मालाई ट्याग गर्दै लेखेका छन्, ‘माफ गर केटाहरु, अहिले म आफ्नो दाह्री काट्न सक्दिनँ।’
यस्तैमा अनुष्काले विराटको फोटोमा कमेन्ट गरेकी छिन्, ‘तिमी गर्न सक्दैनौँ।’ र, अन्त्यमा उनले नाईको संकेत भएको इमोजी पोस्ट गरेकी थिइन्।
अनुष्काको यो कमेन्टमा विराटले पनि लेखेका छन्, ‘ठिकै छ, अब विराट कोहलीको असली हेयर स्टाइलिस्ट अनुष्का शर्मा नै हुन्। र, अनुष्कालाई नसोधी आफ्नो दाह्री पनि बनाउन सक्दैनन्।’
उनीहरुको यो संवादमा ७ लाखभन्दा बढी व्यक्तिले कमेन्ट गरेका छन्। विराटले अनुष्कासँगको सम्बन्धलाई उजागर गरे पनि बलिउड नायिकाले भने सार्वजनिक रुपमा स्वीकार गरेकी छैनन्। त्यसैले उनीहरुको पछिल्लो संवादले सबैलाई कौतुहल बनाएको छ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा