
चीनको सरकारी समाचार माध्यम ग्लोबल टाइम्सका अनुसार अरुणाञ्चल प्रदेशको छ स्थानको नाम राखेको प्रति भारतले दिएको प्रतिक्रिया वाहियात भएको बताएको छ ।
पत्रिकाले भारतद्वारा दलाई लामा कार्ड प्रयोग, चीनसँगको क्षेत्रीय विवाद बढ्यो शीर्षकमा लेख प्रकाशन गरेको छ ।
लेखमा भारतले यस विषयलाई गम्भीरतासँग लिन आवश्यक रहेको बताउँदै चीनले यस बारेमा दक्षिण तिव्वतमा मानकीकृत नामको घोषणा गरेको जनाएको छ ।
उसले भारतलाई दलाई लामालाई प्रयोग नगर्न चेतावनी दिदै बेवास्ता गरेमा यसको मूल्य भारतले चुकाउनु पर्ने चेतावनी दिएको छ ।
ग्लोबल टाइम्सले दक्षिणी तिव्वत ऐतिहासिक रुपमा चीनको हिस्सा भएको र त्यहाँको नाम स्थानीय जातिय संस्कृतिको हिस्सा भएको बताएको छ । उसले स्थानीय बोलिचालीको नाम राख्नु जायज भएकोसमेत जनाएको छ ।
चीन अरुणाञ्चल प्रदेश दक्षिण तिव्वत भएको बताउँदै आएको छ र उसले १९ अप्रिलमा भारतको पूर्वोत्तर राज्यको ६ स्थानको आधिकारीक नाम समेत दिएको छ ।
चीनको यो कदम दलाई लामाले सीमावर्ती राज्यको यात्र गरेको भन्दै भारतको कडा विरोध गरेको केही दिन पछि आएको हो ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन