
चीनको सरकारी समाचार माध्यम ग्लोबल टाइम्सका अनुसार अरुणाञ्चल प्रदेशको छ स्थानको नाम राखेको प्रति भारतले दिएको प्रतिक्रिया वाहियात भएको बताएको छ ।
पत्रिकाले भारतद्वारा दलाई लामा कार्ड प्रयोग, चीनसँगको क्षेत्रीय विवाद बढ्यो शीर्षकमा लेख प्रकाशन गरेको छ ।
लेखमा भारतले यस विषयलाई गम्भीरतासँग लिन आवश्यक रहेको बताउँदै चीनले यस बारेमा दक्षिण तिव्वतमा मानकीकृत नामको घोषणा गरेको जनाएको छ ।
उसले भारतलाई दलाई लामालाई प्रयोग नगर्न चेतावनी दिदै बेवास्ता गरेमा यसको मूल्य भारतले चुकाउनु पर्ने चेतावनी दिएको छ ।
ग्लोबल टाइम्सले दक्षिणी तिव्वत ऐतिहासिक रुपमा चीनको हिस्सा भएको र त्यहाँको नाम स्थानीय जातिय संस्कृतिको हिस्सा भएको बताएको छ । उसले स्थानीय बोलिचालीको नाम राख्नु जायज भएकोसमेत जनाएको छ ।
चीन अरुणाञ्चल प्रदेश दक्षिण तिव्वत भएको बताउँदै आएको छ र उसले १९ अप्रिलमा भारतको पूर्वोत्तर राज्यको ६ स्थानको आधिकारीक नाम समेत दिएको छ ।
चीनको यो कदम दलाई लामाले सीमावर्ती राज्यको यात्र गरेको भन्दै भारतको कडा विरोध गरेको केही दिन पछि आएको हो ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र