दिपेन्द्र कंडेल काठमाण्डौ महानगरपालिकाको मेयरमा उठ्दै

काठमाडौं ८ बैसाख – स्थानीय निकायको चुनाव नजिकिदै गर्दा जनप्रवर्धक दिपेन्द्र कंडेलले काठमाण्डौ महानगरपालिकाको मेयरमा उम्मेद्धारी दिन लागेको बताएका छन् । सम्बन्धित विषय पढेको विद्यार्थीलाई मात्र सम्बन्धित निकायको जिम्मेवारी दिनुपर्छ भनेर अडान राख्दै आएका कंडेलले त्यसैको शुरुवात स्वरुप आफ्नो उम्मेद्धारी दिन लागेको बताएका हुन् ।

 

कंडेल हाल दुवईको राजा महम्मद बिन रसिदद्धारा संचालित स्कूलमा मास्र्टस ईन पब्लिक एडमिनिस्ट्रेसन (जनप्रशासन) मा स्नातक तहको अध्ययन गर्दैछन् । त्यसै अन्तरगत नेपालको जनप्रशासनको क्षेत्रलाई अध्ययनको विषय बनाएर अहिले नेपालमा आफ्नो अनुसन्धानलाई निरन्तरता दिंदैछन् ।

दिपेन्द्र पश्चिामाञ्चल क्याम्पस, काठमाण्डौको थापाथलि क्यामपस हुंदै पुलचोक क्यामपसबाट वि.सं. २०६० सालमा स्नातक तहको पढाई मेकानिकल ईन्जिनिएरिङ्गबाट सकेका हुन् । उनी पुलचोक क्याम्पसको प्रवेश परिक्षामा प्रथम हुँदै आफ्ना सम्पुर्ण पढाईलाई छात्रावृत्तिबाट सम्पन्न गरेका हुन् । केंडेलले वि.सं. २०५७ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अखिल प्यानलबाट सदस्यमा समेत आफ्नो उम्मेद्धारी दिएका थिए ।

राजनीतिको कारण धेरै पकट फेल भएको गुनुसो व्यक्त गर्दै विद्यार्थी राजनीतिले देशको मुलधारको राजनीति गर्न सक्दैन र गर्न दिनु हुँदैन भन्ने मान्यता राख्दछन् कंडेल । उनी भन्छन्–“विद्यार्थीले यदि राजनीति गर्छ भने त्यो केवल शिक्षाको राजनीति गर्न सक्छ । विद्यार्थी राजनीति भनेको केवल विद्यार्थी हक र हीतको राजनीति हो । जस्ले सिंगो देशको राजनीति गर्न मिल्दैन ।”

स्याङ्जामा जन्मिएका कंडेल हाल काठमाण्डौ बानेश्वरको स्थायीबासी हुन् । कंडेलका अनुसार मानिस जुन ठाउँमा जमन्छ त्यही ठाउँबाट राजनीति गर्नु पर्छ र जुन ठाउँबाट उस्को राजनीति शुरु हुन्छ त्यही ठाउँबाट उम्मेद्धारी दिनु पर्छ भन्ने राजनीति नियम गलत हो । उनी यस नियमको विपरित जान नसकेको हुनाले नै देशको विकास नभएको बताउँछन् ।

कंडेल अमेरिकाको क्यालिर्फाेनिया स्थित लिंकन युनिभर्सिटीबाट मास्टर्स ईन बिजनेस एडमिनीस्ट्रेसनको डिग्री समेत लिएका छन्

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक