दिपेन्द्र कंडेल काठमाण्डौ महानगरपालिकाको मेयरमा उठ्दै

काठमाडौं ८ बैसाख – स्थानीय निकायको चुनाव नजिकिदै गर्दा जनप्रवर्धक दिपेन्द्र कंडेलले काठमाण्डौ महानगरपालिकाको मेयरमा उम्मेद्धारी दिन लागेको बताएका छन् । सम्बन्धित विषय पढेको विद्यार्थीलाई मात्र सम्बन्धित निकायको जिम्मेवारी दिनुपर्छ भनेर अडान राख्दै आएका कंडेलले त्यसैको शुरुवात स्वरुप आफ्नो उम्मेद्धारी दिन लागेको बताएका हुन् ।

 

कंडेल हाल दुवईको राजा महम्मद बिन रसिदद्धारा संचालित स्कूलमा मास्र्टस ईन पब्लिक एडमिनिस्ट्रेसन (जनप्रशासन) मा स्नातक तहको अध्ययन गर्दैछन् । त्यसै अन्तरगत नेपालको जनप्रशासनको क्षेत्रलाई अध्ययनको विषय बनाएर अहिले नेपालमा आफ्नो अनुसन्धानलाई निरन्तरता दिंदैछन् ।

दिपेन्द्र पश्चिामाञ्चल क्याम्पस, काठमाण्डौको थापाथलि क्यामपस हुंदै पुलचोक क्यामपसबाट वि.सं. २०६० सालमा स्नातक तहको पढाई मेकानिकल ईन्जिनिएरिङ्गबाट सकेका हुन् । उनी पुलचोक क्याम्पसको प्रवेश परिक्षामा प्रथम हुँदै आफ्ना सम्पुर्ण पढाईलाई छात्रावृत्तिबाट सम्पन्न गरेका हुन् । केंडेलले वि.सं. २०५७ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अखिल प्यानलबाट सदस्यमा समेत आफ्नो उम्मेद्धारी दिएका थिए ।

राजनीतिको कारण धेरै पकट फेल भएको गुनुसो व्यक्त गर्दै विद्यार्थी राजनीतिले देशको मुलधारको राजनीति गर्न सक्दैन र गर्न दिनु हुँदैन भन्ने मान्यता राख्दछन् कंडेल । उनी भन्छन्–“विद्यार्थीले यदि राजनीति गर्छ भने त्यो केवल शिक्षाको राजनीति गर्न सक्छ । विद्यार्थी राजनीति भनेको केवल विद्यार्थी हक र हीतको राजनीति हो । जस्ले सिंगो देशको राजनीति गर्न मिल्दैन ।”

स्याङ्जामा जन्मिएका कंडेल हाल काठमाण्डौ बानेश्वरको स्थायीबासी हुन् । कंडेलका अनुसार मानिस जुन ठाउँमा जमन्छ त्यही ठाउँबाट राजनीति गर्नु पर्छ र जुन ठाउँबाट उस्को राजनीति शुरु हुन्छ त्यही ठाउँबाट उम्मेद्धारी दिनु पर्छ भन्ने राजनीति नियम गलत हो । उनी यस नियमको विपरित जान नसकेको हुनाले नै देशको विकास नभएको बताउँछन् ।

कंडेल अमेरिकाको क्यालिर्फाेनिया स्थित लिंकन युनिभर्सिटीबाट मास्टर्स ईन बिजनेस एडमिनीस्ट्रेसनको डिग्री समेत लिएका छन्

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ट्राफिक प्रहरीलाई जरिवानासम्म सीमित अधिकार, लाइसेन्स वा साँचो नियन्त्रण गैरकानुनी: सर्वोच्च

वैशाख १८, काठमाडौँ।  सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित