
हरेक हप्ता परमाणु हतियार परीक्षण गर्ने चेतावनी
बीबीसीसँगको कुराकानीमा उत्तर कोरियाका उपविदेशमन्त्री हैन सोंग युलले भने, ‘अमेरिका यदि हामीलाई उक्साउँछ भने हामी पनि युद्धको लागि तयार छौं र हामी परमाणु हमलाबाट जवाफ दिनेछौं ।’ अन्तर्राष्ट्रिय दवाब र अमेरिकासँग बढ्दै गएको तनावको बावजुद उत्तर कोरियाले आफ्नो मिसाइल कार्यक्रममा कति पनि कमी नल्याउने स्पष्ट पारेको छ ।
हैन सोंग युलले भने, ‘हामी अब अरु धेरै मिसाइल परीक्षण गर्नेछौं । हामी हरेक हप्ता, हरेक महिना र हरेक वर्ष मिसाइल परीक्षण गर्नेछौं ।’
यसभन्दा अघि अमेरिकाका उपराष्ट्रपति माइक पेंसले उत्तर कोरियालाई अमेरिकाको धैर्यताको परीक्षण नलिन चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘उत्तर कोरियासँग कुटनीतिक संंयमता अपनाउने दिन गइसकेको छ ।’
उत्तर कोरियाको असफल भनिएको मिसाइल परीक्षणपछि दक्षिण कोरियाको राजधानी सोल पुगेका माइक पेंसले सञ्चारमाध्यमसँग उक्त कुरा बताएका थिए ।
पछिल्ला दिनहरुमा उत्तर कोरिया र अमेरिकाको वाकयुद्ध उत्कर्षमा पुगेको छ । चीनले पनि दुवै देशबीच कुनै पनि बेला युद्ध हुन सक्ने चेतावनी दिएको छ ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग