
हरेक हप्ता परमाणु हतियार परीक्षण गर्ने चेतावनी
बीबीसीसँगको कुराकानीमा उत्तर कोरियाका उपविदेशमन्त्री हैन सोंग युलले भने, ‘अमेरिका यदि हामीलाई उक्साउँछ भने हामी पनि युद्धको लागि तयार छौं र हामी परमाणु हमलाबाट जवाफ दिनेछौं ।’ अन्तर्राष्ट्रिय दवाब र अमेरिकासँग बढ्दै गएको तनावको बावजुद उत्तर कोरियाले आफ्नो मिसाइल कार्यक्रममा कति पनि कमी नल्याउने स्पष्ट पारेको छ ।
हैन सोंग युलले भने, ‘हामी अब अरु धेरै मिसाइल परीक्षण गर्नेछौं । हामी हरेक हप्ता, हरेक महिना र हरेक वर्ष मिसाइल परीक्षण गर्नेछौं ।’
यसभन्दा अघि अमेरिकाका उपराष्ट्रपति माइक पेंसले उत्तर कोरियालाई अमेरिकाको धैर्यताको परीक्षण नलिन चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘उत्तर कोरियासँग कुटनीतिक संंयमता अपनाउने दिन गइसकेको छ ।’
उत्तर कोरियाको असफल भनिएको मिसाइल परीक्षणपछि दक्षिण कोरियाको राजधानी सोल पुगेका माइक पेंसले सञ्चारमाध्यमसँग उक्त कुरा बताएका थिए ।
पछिल्ला दिनहरुमा उत्तर कोरिया र अमेरिकाको वाकयुद्ध उत्कर्षमा पुगेको छ । चीनले पनि दुवै देशबीच कुनै पनि बेला युद्ध हुन सक्ने चेतावनी दिएको छ ।
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र