वि.सं. २०७३ साल चैत ३१ गते। बिहीवार। इश्वी सन् २०१७ अप्रिल १३ तारिख। नेपाल संवत् ११३७ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– द्वितीया, १३:४० बजेउप्रान्त तृतीया।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Aries
दिन मनोरञ्जनपूर्ण रहनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। सुमधुर दाम्पत्यले मन प्रफुल्लित हुनेछ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurus
प्रतिस्पर्धीहरूले काममा बाधा पुर्याउने प्रयास गर्नेछन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुपर्ला। अधिकारका लागि जुट्नुपर्ने समय छ। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्न सक्छ। आफ्नो प्रतिफलमाथि अरूले दाबी गर्लान्। लामो यात्रा व्यवस्थापन गर्न खर्च बढ्नेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Gemini
लगनशीलताले बिस्तारै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य अलि कमजोर रहला। व्यवसायमा केही अवरोध आउन सक्छ। ईर्ष्या गर्नेहरूले बाधा पुर्याए पनि सन्तान वा सहयोगीका माध्यमबाट काम सम्पादन गर्न सकिनेछ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancer
मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। आमाको सहयोगबाट सोचेको काम सम्पादन हुनेछ। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leo
कृषि, व्यवसाय तथा पशुपालनमा समस्या बढ्नेछ। पहिलेका सहयोगीहरूले हात झिक्नाले अप्ठ्यारोमा परिनेछ। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। प्रतिकूल सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुहोला। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgo
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला, मौकामा राम्रो सहयोग जुट्न सक्छ। दोहोर्याएर प्रयास गर्दा पहिले रोकिएका काम सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरूले भने दु:ख देलान्, आफ्ना योजना गोप्य राख्नुहोला। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libra
धेरै फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउला। हठात् निर्णय गर्ने बानीले काम दोहोर्याउनुपर्ने हुन सक्छ। तर, पहिलेको सफलताले मनोबल बढाउनेछ। अध्ययनमा प्रगति हुनेछ। परिवारजनको साथले पनि उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpio
खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियार रहनुहोला। प्रयास गर्दा चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ। अर्थअभाव खट्किनाले काममा बाधा आउन सक्छ। समस्या दर्साउँदा शुभचिन्तकहरूले सहयोग जुटाउनेछन्। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittarius
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricorn
जिम्मेवारी प्राप्त भए पनि कार्यसम्पादन गर्न समय पर्खनुपर्नेछ। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको विश्वास जिते पनि आफ्नैले धोका देलान्। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्। मिहिनेतले बिस्तारै कर्मफल प्राप्त हुनेछ। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquarius
चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्दा न्यून सफलता मिल्नेछ। सहयोगी जुटाउन नसकिएला। आँटेका काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। तापनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। सानातिना काममा अल्झनुपर्दा काममा अवरोध आउन सक्छ। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। खर्च बढ्नाले अर्थ अभाव महसुस हुनेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्ने हुँदा सजग रहनुहोला। (नेपाली पात्रो)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन ‘हेर्न नमिल्ने’

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न

अवदेखि सवै सरकारी करार तथा ज्यालादारी कर्मचारले सामाजिक सुरक्षाकोषको सुविधा पाउने

  बैशाख ३, काठमाण्डौं । काठमाडौं । पेन्सन अर्थात् निवृत्तिभरण सुविधा लिने बाहेकका सबै सरकारी

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका

वैदेशिक रोजगार विभागले शुरु गर्यो निःशुल्क कानुनी सहायताको व्यवस्था

 फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको