प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। सुमधुर दाम्पत्यले मन प्रफुल्लित हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। (नेपाली पात्रो)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। अधिकारका लागि जुट्नुपर्ला। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। योजना सम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। लामो यात्रा व्यवस्थापन गर्न खर्च बढ्नेछ। (नेपाली पात्रो)
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। तापनि, मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट मनग्गे लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। बलभन्दा बुद्धिको उपयोग लाभदायक रहनेछ। नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। (नेपाली पात्रो)
बेलैमा सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। मान्यजनसँग असमझदारी बढ्न सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। ईर्ष्या गर्नेहरूले सताए पनि परिस्थितिले आफ्नै पक्ष लिनेछ। प्रतिस्पर्धा गर्नेहरूले हार खानेछन् भने आस मारेको कामले उत्साह जगाउनेछ। प्रारम्भ संघर्षपूर्ण रहे पनि अन्तिम नतिजा राम्रो हुनेछ। (नेपाली पात्रो)
आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। स्वास्थ्य कमजोर रहनाले काममा जुट्न नसकिएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यावसायिक काममा कम मात्र फल प्राप्त हुनेछ। सेवामूलक काम सम्पादन हुन सक्छ। (नेपाली पात्रो)
अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। विगतमा सम्पादित कामबाट धन लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। मिहिनेतले काम बनाउन सकिनेछ। बिस्तारै फाइदा उठ्ने योग छ। (नेपाली पात्रो)
आगन्तुकले अलमल्याउन सक्छन्। परिस्थिति बुझ्न नसक्दा केही अप्ठ्यारोमा परिनेछ। तापनि विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। स्वादिष्ट खानपानको आनन्द पाइनेछ। टाढिएका आफन्तको यादले पिरोल्न सक्छ। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। पहिलेका चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने वैदेशिक क्षेत्रबाट लाभ मिल्न सक्छ। (नेपाली पात्रो)
मिहिनेतले आम्दानी बढाउनेछ। सानो प्रयत्न गर्दा ठूलो परिमाणमा लाभ हुनेछ। सहयोगीहरू जुट्नाले दिन उत्साहवर्द्धक रहला। श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य धन आर्जन हुनेछ। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ। (नेपाली पात्रो)
अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्न सक्छ। आस देखाउनेहरूले धोका दिन सक्छन्। काममाथि अरूको निगरानी हुन सक्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा कम मात्र फाइदा उठाउन सकिनेछ। (नेपाली पात्रो)
श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। तापनि श्रमको उपलब्धि हात पार्न सकिनेछ। अरूको मन जित्ने प्रयास गर्नुहोला, पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। विशेष जिम्मेवारी हात पार्ने मौका छ। (नेपाली पात्रो)
समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। फाइदाका पछि लाग्दा आत्मीय सम्बन्ध बिग्रन सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ। (नेपाली पात्रो)कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन