छालाको स्याहारका लागि त्यसको हेरचाहका साथै खानपिनमा पनि ध्यान पुर्याउनुपर्छ। सन्तुलित खाना खाने बानीको विकास गर्नुभयो भने त्यसको प्रभाव तपाईंको अनुहारको छालामा देखिनेछ । त्यसका लागि दैनिक रुपमा जुस, फाइबरयुक्त खानेकुराका साथै शरीरलाई चाहिने पानी पिउनुपर्दछ। जसको पोषणले तपाईंको अनुहारको छालालाई चम्काउने गर्दछ ।
तपाईंले दिनमा कतिपटक आफ्नो मुहार धुनुहुन्छ त्यसले पनि छालालाई राम्रो बनाउन मद्दत गर्दछ । तपाईंको छाला बढी ओयली (चिल्लो) छ भने दिनमा दुई पटक अनुहार धुनुपर्दछ । सुख्खा छाला भएमा दैनिक एक पटकमात्र धुनुभयो भने पनि पयाप्त हुनेछ। धेरै पटक अनुहार धोएमा छाला चम्किलो हुने मानिसको विश्वास छ तर, धेरै पटक अनुहार धुनुपनि छालाको लागि हानिकार हुनसक्छ।
बढी चिल्लो छाला भएमा पनि दिनमा तीन पटकभन्दा बढी धुनु छालालाई हानी पुर्याउनु हो। यदी तपाईंको छालामा साना सेता दाग छन् भने समयसमयमा सफा गर्न सक्नुहुनेछ। गर्मी बढेसँगै छालाको स्याहार गर्न विशेष ध्यान दिनु जरुरी छ। त्यसैले आफ्नो मुहार धुनु अघि निम्न कुरामा ध्यान पुर्याउनुहोस्।
बिहानै मुख धुनुहोस् :
तपाईं बिहान बिस्ताराबाट उठ्ने बित्तिकै आफ्नो दाँत माध्नुहोस र मुख धुनुहोस्। मुख धुँदा तपाईंको छालालाई फाइदा गर्ने फेसवासको पनि प्रयोग गर्न सक्नुहुनेछ । बिहानै मुख धुनु छालाको हेरचाहको लागि महत्वपूर्ण कुरा हो। बिहानको मुख धुवाईले अनुहारमा भएको फोहोर सफा हुनुका साथै तपाईंलाई स्वस्थ्थ र फ्रेस महशुस हुनेछ।
अपरान्हमा चिसो पानीले धुनुहोस्
यदी तपाईंको छाला ओयली (बढी चिल्लो) भएमा छालासम्बन्धीका चिकित्सकहरुसँग सल्लाह गरेर आफ्नो छालालाई फाइदा गर्ने साबुन तथा कुनै पनि फेसबासको प्रयोग गर्नु राम्रो हुन्छ । त्यस्तै तपाईंले चिसो पानीले मुख धुन सक्नुहुनेछ । अपरान्हको समयमा चिसो पानीले मुख धुँदा तपाईलाई फ्रेश महशुस हुनका साथै तपाईंको मुहारमा भएको चिल्लो पदार्थ पनि निस्किएर जानेछ।
साँझमा पनि सफा गर्नुहोस्
दिनभरको काम सकेर घर फर्केपछि आफ्नो अनुहार धुनु जरुरी हुन्छ । घर फर्केर नुहाउने गर्नुभएको छ भने पनि मुहारलाई राम्ररी सफा गर्नुहोस् । यसले आफ्नो दिनभरको थकान मेटिनुका साथै अनुहारमा भएको फोहोर पनि सफा हुनेछ । तपाईंले चाहेमा हर्बल फेसवासको प्रयोग गर्नसक्नुहुनेछ । गर्मीयाममा यसको प्रयोग गर्नु स्वस्थकर मानिन्छ ।
दागरहित छाला बनाउनका लागि निम्न उपाय अपनाउन सक्नुहुनेछः
– मुहार सफा गर्ने समयमा प्रत्येक पटक फेसवासको प्रयोग गर्नु राम्रो मानिँदैन । फेसवासमा रहेका रसायनिक तत्वले तपाईंको अनुहारको छालाको कोमलपना बिगार्नसक्छ । त्यसैले प्राकृतिक छालामा असर पर्नसक्छ ।
– तपाईंको छाला अत्यधिक चिल्लो छ भने प्रत्येक समय फेसवास प्रयोग गर्नुको सट्टा स्किन टोनरको प्रयोग गर्न सक्नुहुनेछ । तर, पानीले मात्रै धुनु यी सबैभन्दा राम्रो हुन्छ ।
– त्यस्तै तपाईंको छाला संवेदनशिल छ भने मनतातो पानीले अनुहार धुनु राम्रो मानिन्छ । साना बालबालिकालाई नुहाउन प्रयोग गरिने साबुन अनुहार धुनका लागि प्रयोग गर्न सक्नुहुनेछ ।
–धेरै पटक र धेरैबेरसम्म अनुहार नधुनुहोस् यसले तपाईंको छालालाई नोक्सान पुर्याउन सक्छ ।
२९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै
२८ माघ, काठमाडौँ । प्रहरीको लाठीचार्जविरुद्ध भोलि नेपाल चिकित्सक संघले देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द
बिहिबार, पौष २८, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय
-प्रकाश आचार्य, योग विषेशज्ञ मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर,
२९ असोज,काठमाडौं । सभ्यताको प्रारम्भदेखि नै योग प्रचलनमा रहेको देखिन्छ ।शिवलाई योगका आदि गुरु मान्ने
योग पुर्वीय दर्शनको महत्वपूर्ण पाटो हो । हामी ऋषिमुनिका सन्तान हौं त्यसकारण योग हाम्रो दैनिकी