काठमाडौँ । हिन्दु धर्मावलम्बिहरुले आज देशभर धुमधामका साथ दुर्गाभवानीको पूजा आराधना गरी चैते दशैं मनाउँदै छन् ।
हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन चैते दशैं मनाउने परम्परा अनुसार आजको दिनमा पनि दशैँ मनाउने गरिन्छ । धर्मशास्त्रहरुमा उल्लेख भए अनुसार वर्षमा दुईपटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको छ ।
असोजमा मनाइने बडादशैं भन्दा कम महत्वको मानिए पनि आजका दिन देवीका मन्दिरहरुमा बली दिने र पूजा आराधना गर्ने गरिन्छ । यस दिन काठमाडौंका दक्षिणकाली, शोभाभगवती, गुह्येश्वरी, नक्साल भगवती, संकटा, कालिकास्थानलगायत शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लाग्छ ।
देशभरका शक्तिपीठहरुमा पनि भक्तजनहरु पूजा आराधनाका लागि जुटेका छन् । आजको दिनमा पनि आाफुले मान्ने र पुज्ने मानिसहरुलाई बडा दशैँमा झै टिकाटालो गर्ने र मिठा मिठा परिकार बनाएर खुवाउने पनि गरिन्छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फाल्गुन ४, दमक । केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली