सवारी हर्न निषेध

traffic-jam-in-ktmकाठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न निषेध गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाको पहलमा आइतबार बसेको सरकारी सरोकारवाला निकायको बैठकले काठमाडौंलाई अनावश्यक हर्न निषेधित क्षेत्रका रुपमा परिणत गर्ने निर्णय गरेको हो ।

अब ०७४ वैशाख १ गतेदेखि काठमाडौं उपत्यकाभित्र गुड्ने सबै सरकारी, पर्यटकबाहक, सार्वजनिक र निजी सवारीले हर्न बजाउन नपाउने काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी ईश्वरराज पौडेलले बताए । यदि हर्न बजाएमा सवारीलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरी र यातायात ब्यवस्था विभागले ५ हजार रुपैयाँसम्म जरिवाना गर्नेछ ।

यो नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकल लगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा लागू हुनेछैन ।
बैशाख १ देखि सार्वजनिक, सरकारी, पर्यटकबाहक र निजी सवारीले भने दुई अवस्थामा मात्रै हर्न बजाउन पाउने पौडेलले बताए ।

सवारीको गम्भिर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ । यस्ता जोखिमयुक्त मोडहरुमा पनि छोटा हर्न मात्रै प्रयोग गर्न दिइनेछ । ‘अब यो ब्यवस्था लागू गर्न वैशाख १ सम्म हामी सचेतनाका विभिन्न कार्यक्रम चलाउँछौं’ कार्यकारी पौडेलले भने,’अटेर गर्नेलाई कडा कारवाही हुन्छ ।’

उनले काठमाडौं छिर्ने सवारी, बाहिरिनेक्रममा रहेका सवारी र उपत्यकाभित्र गुड्ने सवारीका हकमा यो निर्णय लागु हुने बताए ।
आइतबार पौडेलसहित काठमाडौंमा प्रजिअ हिमनाथ दवाडी, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी मिङ्मार लामा, यातायात ब्यवस्था विभागका महानिर्देशक रुप नारायण भट्टराई सहित काठमाडौंमा सडक डिभिजनका प्रमुखहरुको बैठकले यो निर्णय लिएको हो ।

‘सडकमा हर्न बजाएर जथाभावी हुँइकिने सवारीले दुर्घटना बढाए । हर्नले यहाँ ध्वनी प्रदुषणा पनि ज्यादै बढायो । खाली सडकमा पनि आँखै नहेरी हर्न बजाउँदै कुद्ने सवारीलाई नियन्त्रण नगरी नहुने देखिएकाले यो निर्णय गरेका हौं’ कार्यकारी पौडेलले भने ।

यो निर्णय पछि काठमाडौंको साँघुरो र चापयुक्त सडकमा सवारी ब्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ । साथै यसले ध्वनी प्रदुष नियन्त्रण भएर सर्वसाधारणलाई पनि सहज हुनेछ । शहरको कोलाहल पनि घट्नेछ भने हर्नकै भरमा सवारी दौडाउने र दुर्घटना गराउने जोखिम घट्ने अपेक्षा गरिएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन स्वीकार्य छैन : ओली

 माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा