मानिसको हातमा कान प्रत्यारोपण सफल

1491054860hand-ear-1-finalकाठमाडौं । चिनियाँ चिकित्सकको एक टोलीले दुर्घटनामा कान गुमाएका एकजना बिरामीको लागि बिरामीकै हातमा दाहिने कान उमारेर प्रत्यारोपण गरिदिएका छन् ।

चिकित्सकहरुले कानको लोती बिरामीकै हातको नाडीभन्दा पछाडिको भागमा कृत्रिम पद्धतिबाट उमारेर दुरुस्तै देखिने गरी शल्यक्रियामार्फत् सफल प्रत्यारोपण गरिदिएका हुन् ।

प्रत्यारोपण टोलीका प्रमुख प्लाष्टिक सर्जन डा।गुओ शुझोंगले गत साता करिब सात घन्टा लगाएर शल्यक्रिया सम्पन्न गरिएको बताएका हुन् ।
डा। शुझोंगकाअनुसार ‘जी’ नाम गरेका ती व्यक्तिको दुर्घटनामा दाहिने कान पूर्णरुपमा क्षति भएपछि उनकै हातमा एक महिना लगाएर कान उमारिएको थियो ।

उनले भने–‘उमारिएको त्यहि कानलाई काटेर दाहिने कान प्रत्यारोपण गरिएको हो ।’ अहिले ‘जी’ नाम गरेका ती व्यक्तिले कान प्रत्यारेपणपछि पहिलेकोजस्तै अनुभव भएको बताएका छन् । अस्पतालले उनको कानको प्रत्यारोपण सफल भएको पुष्टि गरेको हो ।
डा। शुझोंग शीआन सहरस्थित जियाओटोंग विश्वविद्यालयअन्र्तगत् मेडिकल अस्पतालमा काम गर्छन् । सन् २०१५ मा कार दुर्घटनामा आफ्नो कान गुमाएपछि ‘जी’ अस्पताल भर्ना भएका थिए । उनको उमेर, थर र ठेगाना गोप्य राखिएको डेलीमेल अनलाइनले उल्लेख गरेको छ ।
अस्पतालकाअनुसार ती व्यक्तिको अनुहारलगायत शरीरका अन्य भागहरुसमेत क्षतविक्षत भएकाले सबै उपचार क्रमश गर्दै लगिएको थियो ।

अस्पतालले भनेको छ–‘जीकै चाहनाअनुसार उनको यो अन्तिम शल्यक्रिया गरिएको हो । यसपछि उनी पूर्णरुपमा स्वस्थ्य हुनेछन् ।’ ‘जी’ले यसअघि नै चाइना न्यूजलाई एउटा कान गुमाएकोले आफूलाई नराम्रो लागेको र साथी–भाइहरुले जीस्काउनेसमेत गरेकाले दुःख लागेको बताएका थिए ।

कानकै कारण ‘जी’को मानसिक स्वास्थ्य खराब देखिएपछि चिकित्सकहरुले नयाँ उपायको खोजी गरेका थिए । डा। शुझोंगले सुरुमा उनलाई कृत्रिम कान संयन्त्र प्रयोग गराउने निर्णय गरेका थिए ।

तर, गत नोभेम्बर महिनामा ‘थ्रीडी प्रिन्टिङको’ सहायताले मानिसको शरीरको कुनैपनि भागमा मासुलाई चाहेको आकृतिमा बढाउन सकिने पद्धतिको सफल परीक्षण गरिएको थियो ।

यसै पद्धतिमा रहेर जीको देब्रे कानको बनोटअनुसार दाहिने कानको स्केच तयार पारी उनकै हातको मासुलाई कानको आकारमा उमारेर प्रत्यारोपण गर्ने निर्णय डा। शुझोंगले लिएका थिए ।
करिब एक महिना लगाएर ‘जी’कै हातमा कान उमारिएपछि सात घन्टाको शल्यक्रियामार्फत् कान प्रत्यारोपण गरिएको हो । अस्पतालकाअनुसार जी अहिले अस्पतालमै रहेको र उनी पूर्णरुपमा निको भएपछिमात्रै घर जाने अनुमति दिइने उल्लेख गरेको छ ।
चाइना डेलीकाअनुसार डा। शुझोंग र उनको टिम हरेक वर्ष करिब ५०० बालबालिकाका लागि यसै पद्धतिबाट उपचार गर्ने तयारीमा छन् । उनले सन् २००६ मा चीनमा पहिलोपटक अनुहारको सफल प्रत्यारोपणसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पक्षघातको औषधी निःशुल्क उपलब्ध हुने : स्वास्थ्य मन्त्री पौडेल

माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए