चैत १७ ,भूकम्पपीडितलाई दिन लागिएको ट्याक्सीको नतिजा स्थानीय तहको निर्वाचनपछि मात्र सार्वजनिक हुने भएको छ । यसअघि आगामी २६ चैतमा नतिजा सार्वजनिक गर्ने तालिका थियो । आजको नया पत्रिकामा खबर छ ।
निर्वाचन आचारसंहिताका कारण नतिजा स्थगित गर्न लागिएको यातायात व्यवस्था विभाग स्रोतले जनाएको छ । विभागले २६ चैतमा गोलाप्रथाबाट नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरिसकेको थियो । तर, त्यसमा निर्वाचन आयोगले त्यसमा पनि अचारसंहिता लाग्ने भन्दै चासो दिएपछि सार्न लागिएको हो । विभागले बिहीबार यससम्बन्धी निर्णय गर्दै छ ।
भूकम्पले धेरै क्षति पुर्याएका १४ जिल्लाका सर्वसाधारणलाई गोलाप्रथाको माध्यमबाट सरकारले नयाँ ट्याक्सी दर्ता गर्ने सुविधा दिन लागेको हो । १५ सय ट्याक्सी नम्बरका लागि एक लाख ४९ हजारले आवेदन दिएका छन् । आवेदन दिने सबैको नाम रहेको पुस्तक प्रकाशन गरिने र त्यसलाई १४ जिल्लाकै जिल्ला प्रशासन, मालपोत तथा प्रहरी कार्यालयमा पठाएर रुजु गरिसकेको छ ।
नतिजा सार्वजनिक गर्न विभागका निर्देशक सोम फुँयालको संयोजकत्वमा एक समिति गठन गरिएको थियो । भूकम्पपीडितलाई राहतस्वरूप सरकारले ट्याक्सी नम्बर दिन लागेको हो । सरकारले ट्याक्सी दर्ता लामो समयदेखि रोक्दै आएको छ । गोलाप्रथामा छनोट हुनेले ट्याक्सी नम्बर मात्र पाउनेछन्
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का