पाथीभरा मन्दिरमा एक वर्षमै दुई करोड वढि भेटीघाटी तथा सहयोग संकलन

pathibhara_mataताप्लेजुङ, १४ चैत्र । ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधीमानै दुई करोड वढि भेटी तथा सहयोग संकलन भएको छ । भक्तजनले चढाएको भेटी तथा सहयोग गरि दुई करोड ३८ लाख संकलन भएको भेटीघाटी व्यवस्थापन समितिले
जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालयमा आईतबार संकलित रकम सार्वजानिक गरिएको थियो ।
स्थानिय स्तरमा गठित संस्था पाथीभरा देवी मन्दीर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिको खातामा १ करोड ५४ लाख ४६ हजार भेटिघाटी संकलित रहेको समितिका सचिव तारानाथ घिमिरेले बताए । यता भेटिघाटी व्यवस्थापन समितिको खातामा ८३ लाख ६० हजार रहेको पाथीभरा क्षेत्र विकास समितिका सदस्य सचिव उदय भट्टराईले बताए । ११ लाख ६० हजार एक बर्षमा कर्मचारीको तलवमा खर्च गरिएको बताईएको छ ।

सार्वजानिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरवहादुर खड्काले संकलित रकम गुरुयोजना अनुसार खर्च गरिने बताए । सार्वजनिक कार्यक्रममा स्थानिय विकास अधिकारी नरहरी भण्डारी पाथीभरा क्षेत्र विकास समिति अध्यक्ष सजन पौडेल, संरक्षण समितिका उपाध्यक्ष रणवहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै