पाथीभरा मन्दिरमा एक वर्षमै दुई करोड वढि भेटीघाटी तथा सहयोग संकलन

pathibhara_mataताप्लेजुङ, १४ चैत्र । ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधीमानै दुई करोड वढि भेटी तथा सहयोग संकलन भएको छ । भक्तजनले चढाएको भेटी तथा सहयोग गरि दुई करोड ३८ लाख संकलन भएको भेटीघाटी व्यवस्थापन समितिले
जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालयमा आईतबार संकलित रकम सार्वजानिक गरिएको थियो ।
स्थानिय स्तरमा गठित संस्था पाथीभरा देवी मन्दीर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिको खातामा १ करोड ५४ लाख ४६ हजार भेटिघाटी संकलित रहेको समितिका सचिव तारानाथ घिमिरेले बताए । यता भेटिघाटी व्यवस्थापन समितिको खातामा ८३ लाख ६० हजार रहेको पाथीभरा क्षेत्र विकास समितिका सदस्य सचिव उदय भट्टराईले बताए । ११ लाख ६० हजार एक बर्षमा कर्मचारीको तलवमा खर्च गरिएको बताईएको छ ।

सार्वजानिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरवहादुर खड्काले संकलित रकम गुरुयोजना अनुसार खर्च गरिने बताए । सार्वजनिक कार्यक्रममा स्थानिय विकास अधिकारी नरहरी भण्डारी पाथीभरा क्षेत्र विकास समिति अध्यक्ष सजन पौडेल, संरक्षण समितिका उपाध्यक्ष रणवहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नाम, जन्ममिति र विवाह दर्ता लगायतका व्यक्तिगत विवरण सच्याउने बाटो खुल्याे

 कात्तिक २६, काठमाडौँ। सरकारले व्यक्तिगत घटना दर्ता नियमावली, २०७७ संशोधन गर्ने निर्णय गरेको छ। सोमबार

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट