भक्तपुर गुठी संस्थानका सूचना अधिकृत ५० हजार घुससहित पक्राउ

Ghus-Bhaktapur-Guthi-768x510१३ चैत, भक्तपुर । भक्तपुर गुठी संस्थानका सहायक प्रशासक एवं सूचना अधिकारी छत्रबहादुर पौडेल ५० हजार रुपैयाँ घुससहित समातिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गुठी कार्यालयमा छापा मारेर पौडेललाई पक्राउ गरेको हो । चाँगु नगरपालिका ७ मा उमानाथ तिमिल्सेनाको नाममा रहेको गुठीको तीन रोपनी जग्गा उनका छोराहरुको नाममा नामसारी गर्ने क्रममा घुस लिँदालिँदै पौडेल अख्तियारको फन्दामा परेका हुन् ।

 

पौडेल विरुद्ध एक हप्ताअघि अख्तियारमा उजुरी परेपछि उनीमाथि निगरानी भइरहँदा आइतबार दिउँसो २ बजेतिर पौडेलले ५० हजार लिँदै गर्दा आयोगको टोलीले फेला पारेको हो ।

३०६ नम्बर कित्ता रहेको उक्त जग्गा नामसारी गर्न पैसा नलाग्ने भए पनि सेवाग्राहीले पहिले पाँच हजार दिँदा पौडेलले त्यति थोरै रकम खाने मान्छे नभएको भन्दै थर्काएका थिए । त्यसपछि सेवाग्राहीहरु अख्तियारमा पुगेका थिए । ५० हजार रुपैयाँमा पास गर्न मानेपछि उनलाई नगदसहित नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन