कार्यपालिका र व्यवस्थापिका भन्दा ठूलो हुनेगरी चुनिँदै छन् स्थानीय प्रतिनिधिहरु

timthumb (1)काठमाडौं, चैत १३ , आगामी ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्थानीय ‘कार्यपालिका’ सानो र‘व्यवस्थापिका’ ठूलो आकारको हुने भएको छ ।स्थानीय तहको कार्यकारिणी अधिकार भने गाउँपालिकाको हकमा गाउँ कार्यपालिका र नगरपालिकाको हकमा नगर कार्यपालिकामा निहित रहनेछ । प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष निर्वाचित हुनेछन् । दुवै पदाधिकारी गाउँ कार्यपालिका र गाउँ सभा ९व्यवस्थापिका० का अध्यक्ष र उपाध्यक्ष रहनेछन् । यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।
गाउँ कार्यपालिकामा अध्यक्ष र उपाध्यक्षसहित प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष, गाउँ सभाका सदस्यहरूले आपूmमध्येबाट निर्वाचित गरेका चारजना महिला सदस्य र गाउँ सभाले नै दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित गरेका दुईजना सदस्य रहनेछन् ।
यसैगरी गाउँ सभामा अध्यक्ष र उपाध्यक्षसहित प्रत्येक वडाका निर्वाचित वडा अध्यक्ष, प्रत्येक वडाबाट निर्वाचित चारजना सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट मनोनीत दुई सदस्य रहनेछन् ।
गाउँ सभामा प्रत्येक वडाबाट दुईजना महिला अनिवार्य रूपमा निर्वाचित हुनेछन् । जसमध्ये एकजना दलित महिला हुनुपर्ने व्यवस्था छ । यसका लागि निर्वाचनमा भाग लिने दलहरूले महिला महिलाबीचमै प्रतिस्पर्धा हुने गरी उम्मेदवारी दिनुपर्नेछ ।
यसैगरी नगरपालिकाको हकमा नगर कार्यपालिका र नगर सभा ९व्यवस्थापिका० रहनेछन् । जसमा नगर कार्यपालिका र नगर सभाका प्रमुख र उपप्रमुखको रूपमा क्रमशः मेयर र उपमेयर रहनेछन् । नगर कार्यपालिकामा मेयर र उपमेयरसहित प्रत्येक वडामा निर्वाचित वडा अध्यक्ष, नगर सभाका सदस्यहरूले आपूmमध्येबाट निर्वाचित गरेका पाँचजना महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट नगर सभाले निर्वाचित गरेका तीनजना सदस्य रहनेछन् ।
नगर सभामा भने मेयर, उपमेयरसहित प्रत्येक वडाबाट निर्वाचित वडाअध्यक्ष, प्रत्येक वडाबाट निर्वाचत चारजना सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित तीनजना सदस्य निर्वाचित हुनेछन् । नगर सभामा पनि गाउँ सभामा जस्तै प्रत्येक वडाबाट दुईजना महिला अनिवार्य रूपमा निर्वाचित हुनुपर्नेछ जसमा एकजना दलित महिला हुनुपर्ने व्यवस्था छ ।
गाउँ कार्यपालिका र नगर कार्यपालिकामा निर्वाचित हुने महिला सदस्यमा सबैभन्दा बढी मत ल्याउने महिलालाई निर्वाचित गरिनेछ । गाउँ सभा वा नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको १५ दिनभित्र सम्बन्धित गाउँ सभा वा नगर सभाले गाउँपालिकाका लागि चार र नगर कार्यपालिकाका लागि पाँचजना महिला सदस्य छनोट गर्नेछ ।
यदि पाँचवटा वडा भएको गाउँपालिका छ भने गाउँ सभामा कुल २९ जना सदस्य हुनेछन् भने गाउँ कार्यपालिकामा १३ जना सदस्य हुनेछन् । यसैगरी १५ वटा वडा भएको नगरपालिकामा नगर सभामा ८० जना सदस्य हुनेछन् भने २५ जना सदस्य रहेको नगर कार्यपालिका गठन गरिनेछ ।
पाँचवटा वडा भएको गाउँपालिकामा अध्यक्ष एक, उपाध्यक्ष एक, वडा अध्यक्ष पाँच, प्रत्येक वडाबाट चारजनाका दरले निर्वाचित सदस्य २० र दलित वा अल्पसंख्यक समुदायबाट गाउँ सभाले निर्वाचित गरेका दुई गरी २९ जना
हुनेछन् । तर, गाउँ कार्यपालिकामा भने अध्यक्ष एक, उपाध्यक्ष एक, वडा अध्यक्ष पाँच, महिला सदस्य चार र अल्पसंख्यक वा दलित समुदायबाट गाउँ सभाले निर्वाचित गरेका दुई गरी १३ जना मात्रै रहनेछन् ।
यसैगरी १५ वटा वडा भएको नगरपालिकाको नगर सभामा मेयर एक, उपमेयर एक, वडा अध्यक्ष १५, प्रत्येक वडाबाट निर्वाचित सदस्य ६० र दलित वा अल्पसंख्यक समुदायबाट तीन गरी कुल ८० जना सदस्य रहनेछन् । नगर कार्यपालिकामा भने मेयर एक, उपमयेर एक, प्रत्येक वडाका वडा अध्यक्ष १५, महिला सदस्य पाँच र दलित वा अल्पसंख्यक समुदायबाट तीन गरी २५ जना रहनेछन् ।
स्थानीय तहको कार्यकारिणी अधिकार संविधान र संघीय कानुनको अधीनमा रही गाउँपालिकाको हकमा गाउँ कार्यपालिका र नगरपालिकाको हकमा नगर कार्यपालिकामा हुनेछ । गाउँपालिका र नगरपालिकाको शासन व्यवस्थाको निर्देशन, नियन्त्रण र सञ्चालन गाउँ कार्यपालिका र नगर कार्यपालिका नै गर्ने संविधानको धारा ११४ मा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे