आइएसको धम्की दियो मुख्यमन्त्री योगी आदित्यनाथलाई

लखनउ, चैत ९ । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट ९आइएस० ले धम्की दिएको छ ।

1490165066yogi-adityanath
बुधबार बिहान उत्तर प्रदेशको वाराणसीको मिर्जापुर बजार क्षेत्रमा आइएसले धम्कीपूर्ण पर्चा छरेको हो ।

सो पर्चामा मार्च २४ मा पूर्वाञ्चलमा विध्वंश मच्चाउने चेतावनी दिइएको भारतीय संचारमाध्यमले जनाएका छन् । योगी सरकारलाई पर्चामार्फत चुनौती दिदैं भनिएको छ, ‘सक्ने भए ध्वंशलाई बचाउ ।’

मिर्जापुर थानाका प्रहरीले उक्त पर्चाबारे अनुसन्धान थालेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै संसदीय क्षेत्रमा उक्त पर्चा पाइएका कारण गुप्तचर निकायले पनि मामलालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान थालेको बताइएको छ ।

पर्चामा पूर्वाञ्चल क्षेत्रमा आइएसका दुई हजार लडाकु रहेको दाबी गरिएको छ ।

कट्टर हिन्दुवादी नेता योगी आदित्यनाथ नेतृत्वमा राज्य सरकार गठन भएपछि उत्तर प्रदेशलाई आइएसले निशाना बनाउन लागेको अनुमान गरिएको छ । ९एजेन्सी०

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका