१० चैत, बुटवल । नेपालकै नमूना बुटवल-बेलहिया २४ किलोमिटर लामो ६ लेन सडकमा सोलार बत्ती जडान कार्य तीव्र पारिएको छ ।
बुटवल-बेलहिया सडक नेपालको राष्ट्रिय गौरवको आयोजना हो । सडक निर्माणको काम अहिले ४५ प्रतिशत पूरा भएको छ । सडक निर्माण पूरा भएपछि करिब १ हजार ५ सय सौर्य बत्ती जडान हुने इन्जिनियर लिलाबहादुर भण्डारीले जानकारी दिए ।
पहिलो चरणमा बुटवल चौराहादेखि तिलोत्तमाको ड्राइभर टोलसम्म दुई करोड रूपैयाँभन्दा बढी लागतमा १ सय ५० सडक सौर्य बत्ती जडान गरिने छ । दोस्रो चरणमा ड्राइभर टोलदेखि मणिग्रामसम्म थप एक सय सोलार जडान गर्ने योजना छ ।
भण्डारी भन्छन्, ‘सडक बत्ती स्वचालित ९अटोमेटिक० हुनेछन् । साँझ परेपछि आफै बल्ने र उज्यालो भएपछि आफै निभ्नेछन् ।’
सडकमा सौर्य बत्ती जडानले बिजुलीको खपतसँगै सडकको सुन्दरतालाई बढाउने अपेक्षा गरिएको छ ।सडक बत्तीमा खपत भइरहेको विद्युतीय ऊर्जालाई घटाउँदै सरकारले विभिन्न शहरहरूमा सौर्य ऊर्जाबाट बत्ती बाल्ने अभियानलाई तीब्रता दिएको छ । सोही अभियान अनुसार बुटवल(बेलहिया ६ लेन सडक सोलार बत्तीले झिलिमिली बनाउन लागिएको हो ।
राष्ट्रिय गौरबको आयोजना अन्तर्गत निर्माण थालिएको सडकलाई झिलिमिली बनाउने जिम्मा नवलपरासीस्थित महेश निर्माण कम्पनीले लिएको छ । अहिले बुटवल(बेलहिया सडक निर्माण कार्य तीब्र रूपमा भइरहेको छ ।
३५-३५ मिटरको दूरीमा सडक बत्ती
अहिले बुटवलको राजमार्ग चौराहादेखि ड्राइभर टोलसम्म ३५-३५ मिटरको दूरीमा सडक बत्ती जडान कार्य तीब्र रूपमा भइरहेको छ ।
करिब ५ महिना अगाडि बुटवल र भैरहवामा गरी ७ वटा सौर्य बत्ती परीक्षणका लागि परियोजनाले जडान गरेको थियो ।
बेलहियादेखि भैरहवाको देवकोटा चोकसम्म ४० वटा सोलार बत्ती जडान कार्य पनि भइरहेको छ । बत्ती जडानको ठेक्का नवलपरासीको महेश निर्माण सेवाले लिएको छ ।
सरकारले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय तथा जनसंख्या तथा वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत् सौर्य ऊर्जा उत्पादन गरी नेपालका मुख्य(मुख्य शहरहरूमा जडान कार्यलाई तीब्रता दिँदै आएको छ ।
बुटवल बजारमा मात्रै १४० सोलार बत्ती रहने
बुटवलमा सहरमा पनि सौर्य बत्ती जडान गरिएको छ । बुटवल उप-महानगरपालिकाले पनि सूचना प्रकाशित गरी बुटवल ५, ६, ८, ९ र १३ वडाका विभिन्न टोलमा १ सय ४० सौर्य बत्ती जडान गर्ने बताएको छ ।
उप-महानगरपालिकाका वरिष्ठ अधिकृत डोलराज पौडेलले नगरका विभिन्न वडाका सडकहरूमा सौन्दर्यका लागि सौर्य सोलार बत्ती जडान गर्न लागिएको बताए । बुटवल बजारमा मात्रै करिब एक करोड लागतमा १ सय ४० सोलार बत्ती जडान हुनेछन् ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का