काठमाडौं, ९ चैत । नेकपा माओवादी निकट केही अनलाइन माध्यमहरुले नयाँ शक्ति र माओवादी केन्द्रबीच एकता हुन लाग्यो भनेर गरिरहेका हल्लालाई निराधार भन्दै नयाँ शक्तिका नेताहरुले खण्डन गरेका छन् ।
एकताको लागि सक्रिय भनेर आफ्नो नाम समेत उल्लेख गरेपछि नयाँ शक्तिका कार्यकारी सदस्य तथा युवा विभागका प्रमुख देवेन्द्र पराजुलीले सामाजिक सञ्जालमार्फत जवाफ दिएका छन् । ‘हल्ला गरेकै भरमा लक्ष्यमा पुग्न सकिन्छ भन्ने भ्रम रहेछ मेरा पुराना “कमरेड”हरुलाई,’ उनी अगाडि लेख्छन्, ‘अरु कुनै अस्त्र खोज, यो त थोत्रो भइसक्यो ।’
नेता पराजुलीले पुरानो तरिकाको राजनीतिले देश नचल्ने भन्दै अगाडि लेखेका छन्, ‘साम, दाम, दण्ड, भेदको चल्तीको राजनीतिक यात्राले देश उँभो लाग्दैन भनेर नै हामीले वैकल्पिक राजनीतिको साधनको रुपमा नयाँ शक्ति पार्टी नेपाल गठन गरी कृयाशील भएका हौं ।’
उनले आफ्नो नाम मुछेर अनर्गल प्रचार गर्नेप्रतिहरुप्रति लक्षित गर्दै भ्रममा नबाँच्न अनुरोध गरेका छन् । गाईजात्रा आउन छ महिना बाँकी रहँदै केही अनलाइनहरुमा गाइजात्रा सुरु भएको भन्दै उनले लेखेका छन्, ‘मेरो नाम मुछेर अनर्गल प्रचार गर्ने अधिकार तिमीलाई छैन ।’
उनले अन्तिममा चेतावनी दिँदै लेखेका छन्, ‘भ्रममा बाँच्ने वा भ्रमद्वारा बाँच्न खोज्ने तपाईहरुको अधिकारप्रति सम्मान छ तर, अरुको मानहानी गर्न पाईंदैन ।’
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे