चैत १, २०७३ काठमाडौं , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीहरुलाई करोडौ रुपैयाँ गैरकानुनी रुपमा बोनस दिन लागेको आशंका गरी सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा गई सम्बन्धित कागजात कब्जामा लिएको छ। अख्तियारको एक टोली प्राधिकरण गई कर्मचारीहरुलाई बोनसबापत करोडौं रुपैयाँ बाँड्नका लागि निर्णय गरिएको फाइल कब्जामा लिइएको अख्तियारका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए।
प्राधिकरण र सो अन्तर्गतका निकायमा हाल ८ सयभन्दा बढी कर्मचारीहरु कार्यरत छन्। उनीहरु सबैलाई बोनस दिनका लागि प्राधिकरणको सञ्चालक समितिले निर्णय गरेको बताइन्छ। अख्तियारबाट प्राप्त जानकारीअनुसार ती कर्मचारीहरुलाई बोनसबापत रकम बाँड्दा झन्डै ५४ करोड रुपैयाँ जाने थाहा पाएका कारण सम्बन्धित फाइल कब्जामा लिइएको हो।
अख्तियारका प्रवक्ता कोइरालाले प्राधिकरणले बाँड्न लागेको बोनसबापतको रकम कानुनी हो वा गैरकानुनी हो भन्ने बारेमा अनुसन्धान गरी निष्कर्षमा पुगिने उल्लेख गरे। अख्तियारका सम्बन्धित कर्मचारीले भने, ‘प्राधिकरणले गैरकानुनी रुपमा बोनस बाँड्न लागेको हो भन्नेमा हामीेले प्रारम्भिक रुपमा अनुमान गरेका छौं। हाम्रो यो अनुमान मिल्छ जस्तो लागेको छ।’
पर्यटनमन्त्री जीवनबहादुर शाहीले पनि प्राधिकरणका कर्मचारीहरुलाई बोनस दिने कार्यमा सहमति जनाएको कागजी रुपमा देखिएको अख्तियार स्रोतले जानकारी दियो। शाहीले हाल अर्कै मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। अख्तियारले दिएको जानकारीअनुसार मन्त्री शाहीले आफूले पर्यटन मन्त्रालय छाड्ने क्रममा त्यस्तो सहमति दिएको बताइएको छ। थाहा खबर बाट
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका