चैत १, २०७३ काठमाडौं , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीहरुलाई करोडौ रुपैयाँ गैरकानुनी रुपमा बोनस दिन लागेको आशंका गरी सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा गई सम्बन्धित कागजात कब्जामा लिएको छ। अख्तियारको एक टोली प्राधिकरण गई कर्मचारीहरुलाई बोनसबापत करोडौं रुपैयाँ बाँड्नका लागि निर्णय गरिएको फाइल कब्जामा लिइएको अख्तियारका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए।
प्राधिकरण र सो अन्तर्गतका निकायमा हाल ८ सयभन्दा बढी कर्मचारीहरु कार्यरत छन्। उनीहरु सबैलाई बोनस दिनका लागि प्राधिकरणको सञ्चालक समितिले निर्णय गरेको बताइन्छ। अख्तियारबाट प्राप्त जानकारीअनुसार ती कर्मचारीहरुलाई बोनसबापत रकम बाँड्दा झन्डै ५४ करोड रुपैयाँ जाने थाहा पाएका कारण सम्बन्धित फाइल कब्जामा लिइएको हो।
अख्तियारका प्रवक्ता कोइरालाले प्राधिकरणले बाँड्न लागेको बोनसबापतको रकम कानुनी हो वा गैरकानुनी हो भन्ने बारेमा अनुसन्धान गरी निष्कर्षमा पुगिने उल्लेख गरे। अख्तियारका सम्बन्धित कर्मचारीले भने, ‘प्राधिकरणले गैरकानुनी रुपमा बोनस बाँड्न लागेको हो भन्नेमा हामीेले प्रारम्भिक रुपमा अनुमान गरेका छौं। हाम्रो यो अनुमान मिल्छ जस्तो लागेको छ।’
पर्यटनमन्त्री जीवनबहादुर शाहीले पनि प्राधिकरणका कर्मचारीहरुलाई बोनस दिने कार्यमा सहमति जनाएको कागजी रुपमा देखिएको अख्तियार स्रोतले जानकारी दियो। शाहीले हाल अर्कै मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। अख्तियारले दिएको जानकारीअनुसार मन्त्री शाहीले आफूले पर्यटन मन्त्रालय छाड्ने क्रममा त्यस्तो सहमति दिएको बताइएको छ। थाहा खबर बाट
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा