हितराज शिक्षा मन्त्री ?

Hitraj-pandeyकाठमाडौं, ३० फागुन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारीमा आएदेखि नै कुशल नेतृत्व प्रदान गरेपनि कमल थापाका कारण विस्थपित भएका हितराज पाण्डेलाई अर्को महत्वपूर्ण मन्त्रालय थमाउनु पर्ने दबाब माओवादी केन्द्रबाटै उठेको छ ।

स्रोतका अनुसार, पाण्डेलाई मन्त्रीमा निरन्तरता दिन पार्टीभित्रैबाट दबाब परेपछि नारायणकाजी श्रेष्ठको खेमाबाट शिक्षा मन्त्री बनेका धनीराम पौडेलको ठाउँमा उनलाई पठाउनेबारे छलफल सुरु भएको खबर छ ।

‘कमल थापाका कारण हितराज विस्थापित भएपछि उनलाई यही मन्त्रिपरिषद्मा अर्को महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने बारे पार्टीमा छलफल भइरहेको छ,’ स्रोतले भन्यो । प्राप्त समाचार अनुसार, धनिरामलाई प्रचण्डले सम्हाल्दै आएको पशुपंक्षी विकास मन्त्रालय दिएर पाण्डेलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिने संभावना रहेको बताइन्छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमाले महाधिवेशनस्थलमा लोकगायिका ज्योती मगरको सहभागिता

पुस १, काठमाडौं । चर्चित लोकगायिका ज्योती मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डपमा देखिएकी छन् ।

मेरो कित्ता एमाले हो : गोकुल बास्कोटा

मंसिर २९, काठमाडौं — नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूलाई कित्ताकाट नगर्न आग्रह गर्दै आफ्नो

अदालतको आदेशपछि प्राधिकरण फर्किएका शाक्यलाई मन्त्री घिसिङको निर्देशन– “अहंकार नगर्नुहोस्, नतिजा देखिने गरी काम गर्नुहोस्”

मंसिर २५, काठमाडौं ।सर्वोच्च अदालतको आदेशपछि नेपाल विद्युत प्राधिकरण (नेविप्रा) मा कार्यकारी निर्देशकका रूपमा पुनर्बहाली

एआई नियमन रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको घोषणा

२४ मंसिर, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योग सम्बन्धी नियमन केन्द्रमै राख्नुपर्ने

जेन–जी आन्दोलनमा पक्राउ परेकामध्ये ७४ जना जेल चलान, ९२ जना हाजिरी जमानीमा रिहा

मंसिर २४, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये ७४ जनालाई जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका

रास्वपासँग एकता वार्ता नगर्ने उनेपाको निष्कर्ष, ‘राजनीतिक बेइमानी’ गरेको आरोप

मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच