निर्वाचन आयोगले वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनअघि विशेष सुरक्षासहितको नयाँ मतदाता परिचयपत्र वितरण गर्दैछ। ‘हामीले चारवटा सुरक्षा फिचरसहितको परिचयपत्र तयार गरेका छौं,’ आयोगका सचिव गोपीनाथ मैनालीले सेतोपाटीसँग भने, ‘मतदाता नामावलीलाई अन्तिम रूप दिएपछि छपाइ सुरु गर्ने छौं।’ परिचयपत्रमा मतदाताको नाम, ठेगाना, नागरिकता नम्बर, मतदाता परिचयपत्र नम्बर लगायत विवरण उल्लिखित ‘क्युआर कोड’ अंकित हुनेछ।
यो कोड विशेष प्रकारको उपकरणले मात्र पढ्न सक्छ। नक्कल उतार्न नमिल्ने सुरक्षा विशेषतासहितको परिचयपत्र छपाइका लागि आयोगले करिब १५ करोड रूपैयाँ छुट्याएको छ। आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतदाता परिचयपत्रको डिजाइन भइसकेको र छपाइ मात्र बाँकी रहेको जानकारी दिए।
मतदाता नामावलीलाई अन्तिम रूप दिएपछि छपाइ सुरू गर्ने आयोगको तयारी छ। यस्तो परिचयपत्रको डिजाइन आयोगकै जनशक्तिले गरेको र छपाइका लागि भने ‘ओम्नी ग्रुप नेपाल’ लाई जिम्मेवारी दिने तयारी भइरहेको उनले बताए। यो कम्पनीले आयोग परिसरमै छपाइ मेसिन राखेर विशेष सुरक्षासहित मतदाता परिचयपत्र छाप्ने उनले बताए। ‘चैत २० गतेभित्र हामी मतदाता नामावलीलाई अन्तिम रूप दिन्छौं,’ प्रवक्ता शर्माले भने, ‘त्यसपछि परिचयपत्र छपाइ सुरु हुन्छ।’ उनका अनुसार आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने काम गरिरहेको छ। मतदाताको ठेगाना नयाँ बनेका गाउँपालिका र नगरपालिकाअनुसार मिलाउने काम भइरहेको छ। यो काम सकिएसँगै मतदाता नामावलीले अन्तिम रूप पाउनेछ। मतदाता नामावलीकै आधारमा परिचयपत्र बन्ने भएकाले छुट्टै फोटो खिचाउनु वा निवेदन दिनुपर्ने छैन।
आयोगले मतदाताको फोटो र औंठाछापसहितको नामावली यसअघि नै संकलन गरिसकेको छ। ‘छपाइ सकिएपछि हामी मतादाता नामावली र परिचयपत्र सबै निर्वाचन केन्द्रमा पठाउँछौं,’ प्रवक्ता शर्माले भने, ‘मतदाताले आफ्नो मतदान केन्द्रबाट परिचयपत्र प्राप्त गर्न सक्ने छन्।’ मतदाता परिचयपत्र भएकाले मात्रै मत दिन पाउने भएकाले यो परिचयपत्र निर्वाचनअघि अनिवार्य रूपमा लिनुपर्ने उनले बताए।
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
२६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष